लिसंखुपाखरद्वारा बार्षिक नीति तथा कार्यक्रम बजेट तयारीका लागि रायसुझाब माग


जेठ ९ अत्तरपुर । लिसंखुपाखर गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम बजेट तयारीका लागि विभिन्न सरोकारवालाहरुसंग राय सुझाब माग गरेको छ ।

गाउँपालिकाको आगमी आ.व २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी गर्ने कार्य शुभराम्भ भएको भन्दै लिसंखुपाखरका जनता, राजनैतिक दल संघसंस्था, वुद्विजिवी लगाएत सरोकारवालाहरुसंग राय पेश गर्न सूचाना नै जारी गरेको हो ।

आ.व २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक जनचाहना अनुसार जनमैत्री, दिगो, विकासप्रेमी, प्रभावकारी र जनसहभागितामूलक बनाउनको लागि आवश्यक राय सुझाब मागिएको लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्ठले बताए ।

उनका अनुसार राय सुझाबका लागि २०८० जेठ २० गते भित्र प्राप्त हुनेगरी लिसंखुपाखरको ईमेल ठेगनामा पठाउन आग्रह गरिएको छ ।