इन्द्रावती गाउँपालिकाद्वारा एकबर्षको प्रगति तथा आगामी बर्षको योजना सार्वजनिकिकरण

निर्मल बस्नेत
(२०८० जेठ ८) नवलपुर । ईन्द्रावती गाउँपालिकाले एक वर्षको प्रगति प्रस्तुत गर्दै आगामी बर्षको कार्ययोजना सार्वजनिक गरेको छ । गाउपालिकाले एक वडा १ गौरबको योजना छनोट गरि कार्यान्वयन गर्ने भएको छ ।

स्थानीय तह निर्वाचान २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालको प्रथम वर्षको प्रगति प्रतिवेदन र आगामी बर्षको योजना मंगलबार गाउँपालिकाको सभाहल नवलपुरमा एक कार्यक्रम गरि सार्वजनिक गरको हो ।

पत्रकार भेटघाट कार्यक्रममा जनप्रतिनिधिहरुको एकवर्षे कार्यकालको प्रगतिविवरण प्रस्तुत पछि गाउपालिका अध्यक्ष झम्कनाथ नेपालले एकवर्षको कार्यकाल उपलब्धीमूलक भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालले पहिलो कार्यकालमा गरिएका कामहरुले गति लिदै जाँदा जनचाहना अनुरुप उपलब्धि हासिल गरिने बताए । ‘चुनाव ताका जनतासंग बाचा गरिएका बाचाहरु पुरा गर्न टुक्रे योजनाहरु समाबेस गरिएका थियौँ’, अध्यक्ष नेपालले भने, ‘आगमी वर्षको लागि बिषयगत र क्षेत्रगत योजना बनाएका छौं ।’ उक्त योजना निकै महत्वपूर्ण र महत्वकांक्षी रहेको उनले सुनाए । गाउँपालिका अध्यक्ष नेपालले ३६ जना जटिल रोग लागेकालाई ५ हजारका दरले सहायता र ६८ जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता पनि प्रदान गरिएको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता शसीनाथ आचार्यले एकवर्षे कार्यकालमा विभिन्न शिर्षकमा गरी २० बुँदामा गाउँपालिकाले गरेका जनताका आधारभूत उपलब्धीहरुको बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँलिकाबाट सम्पादन भएका कार्यहरुमध्ये चालु आ.व भएका फरक र नविनतम कार्यहरुको बारेमा चर्चा गर्दै प्रबक्ता आचार्यले शिक्षामा नयाँपन ल्याउनको लागि सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसंग ५० बुँदे करार सम्झौता गरिएको बताए । साथै पालिकाले पहिलोपटक पञ्चबर्षिय शिक्षा योजना तथा निति निर्माण गरिएको प्रतिबेदनमा उल्लेख गरेका छन् ।
बालबिकास सहजकर्ताहरुलाई संघीय सरकारबाट १० हजार मात्र उपलब्ध गराएकोमा गाउँपालिकाले ५ हजार थप गरि १५ हजार रुपैयाँ प्रदान गरिएको उल्लेख छ ।

त्यस्तै नगरपालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई पालिका भित्रको वर्थिङ सेन्टरमा आउन जान र नगर अस्पतालबाट रेफर गरेका अन्य संस्थाहरुमा जानको लागि निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको, संघीय सरकारबाट उपलब्ध गराएको मासिक प्रअ भत्तामा गाउँपालिकाको आन्तरिक स्रोतबाट थपहुने व्यवस्था गरेको उल्लेख गरेका छन् ।

यस्तै टुहुरा वालवालिकासंग अध्यक्ष कार्यक्रममार्फत आमाबुबा गुमाएका १३ जना वालवालिका लाभान्दित भएका छन् । साथमा विद्यालय शिक्षक अभिभावक संघ र व्यवस्थापन समितिलाई क्षमता बिकासको तालिम संचालन गरेको उल्लेख छ । छात्रा किशोरीहरुलाई सहज पहुँचका लागि भेन्डिङ मेशिन जडान गरिएको उल्लेख गरेका छन् ।

यस्तै क्षर््न्द्रावतीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९५ प्रतिशत अंक प्राप्त गरि बागमति प्रदेशमा उच्च अंक प्राप्त गरेको उल्लेख गरेका छन् ।

गाउँपालिकाले आवधिक योजना निर्माण गरिएको, पालिकाबाट कृषिमा आत्मनिर्भर बनाउन आधुनिक उपकरण, बिउबिजन र रासायनिक मल बितरण गरिएको उल्लेख गरेका छन् ।

गाउपालिकाले राजस्व तथा आन्तरिक आम्दानीमा बैशाखम्ममा ढुङ्गा, गिट्टी र वालुवाबाट ७ करोड ५७ लाख र अन्य आम्दानीबाट १ करोड १० लाख गरि ८ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरेका छन भने चालु खर्च तर्फ २६ प्रतिशत भन्दा बढी वित्तिय प्रगति हाँसिल भएको जनाएका छन ।

जसअनुसार आ.व २०७९÷०८० को बैशाख मसान्तसम्म संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण, राजश्व वाँडफाँड, सर्शत, समपुरक अनुदानको पनि प्रतिवेदनमा छुट्टाछुट्टै उल्लेख गरेका थिए ।

आगामी बर्षमा ४० किलोमिटर सडक कालोपत्रे गर्ने, ग्राभेल १ सय किलोमिटर गर्ने लक्ष्य लिएको गाउपालिले पर्यटकीय क्षेत्र गुफाडाँडाको बिकासमा समेत गाउपालिकाले रणनीतिक योजना तयार गरेको जनाएको छ । गाउँपालिकाको प्रत्येक वडामा १÷१ वटा गौरबको योजना छनोट गरि कार्यनयन गरिने महत्वकांक्षी योजना अघि सारेको छ ।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा पालिका अध्यक्ष झम्कनाथ नेपाल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जवाफ दिएका थिए ।

स्मरण रहोस २०७८ को स्थानीय निर्वाचनपछि एकवर्षको समष्टिगत उपलब्धी र आगामी बर्षको योजनाका बारेमा सञ्चारकर्मीसंग भेट गर्ने इन्द्रावती गाउँपालिका दोस्रो भएको छ ।