एनआरएनए चीनको अध्यक्षमा न्यौपाने निर्विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए ) चीनको अध्यक्षमा प्रदिप न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । आगामी (२०१९–०२१ ) कार्यकालको लागि न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । आइसिसी सदस्यमा भने नवीन विक निर्विरोध चुनिएका छन् । त्यस्तै, उपाध्यक्षमा सुशील बेल्वासे, खुस्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री, सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जीता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा, महिला संयोजकमा सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरुमा तुलसी न्यौपाने, सन्दीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मोहनप्रसाद मैनाली, नवराज तिमल्सिना, प्रदीप सिंह र मिर्जा रसिद वेग निर्विरोध चुनिएका छन् ।