८ पर्षपछि जुरे पहिरो पीडितको रकम स्थानीय तहलाई हस्तान्तरण

जेठ २ (२०८०) सुकुटे । सररकारको चौतर्फी आलोचना र दवावपछि अन्तत ः जुरे पहिरो पीडितले रकम पाउने भएका छन् ।
मंगलबार सुकुटेमा आयोजित एक कार्यक्रमका बीचमा बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले जुरे पहिरो पीडितको रकम स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतलाई जुरे पहिरो पीडितको चेक हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेल

जुरे पीडित रहेका स्थानीय तहहरु बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकालाई मुख्यमन्त्री जमकट्टेलले एकमुष्ट रकम हस्तान्तरण गरेका हुन् । जसअनुसार सबभन्दा बढी बलेफी गाउँपालिकाले ६२ लाख ५८ हजार २ सय २८ रुपैंया बुझेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ५४ लाख ६८ हजार ८ सय ७१ रुपैया बुझेको छ । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाले ५२ लाख ६४ हजार ३७ रुपैंया बुझेको छ । एकमुष्ट रकमको चेक बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत र त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले बुझेका थिए । रकम बुझेसंगै केही दिनमै पीडितहरुलाई रकम हस्तान्तरण गरिने जनप्रतिनिधिहरुले बताएका छन् ।

१ सय ४२ जनाको ज्यान जानेगरी २०७१ सालमा पहिरो जाँदा पीडित परिवार २ सय ८० रहेका थिए । विभिन्न व्यक्तिहरुद्धारा सहयोग प्रदान गरी उनीहरुको नाममा २ करोड २४ लाख ६६ हजार ६ सय ५७ रुपैंया जम्मा भएको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार पीडित परिवारलाई नम्बरका आधारले रकम वितरण गरिने छ । कम क्षति भएका पीडित परिवारले ३ हजार ३ सय ६ रुपैंया देखी डेडलाख सम्म प्राप्त गर्नेछन् । तीनवटा पालिका मध्ये सबभन्दा बढी बलेफी गाउँपालिकामा ११३ मृतक र ११६ विस्थापित परिवार थिए । त्यस्तै त्रिपुरासुन्दरीमा २१ मृतक र ७८ परिवार विस्थापित थिए भने बाह्रबिसेमा ८ मृतक र ८६ विस्थापित परिवार थिए ।

पीडितहरुलाई उठेको रकम नदिएको भन्दै सरकारको ज्यादै आलोचना भएको थियो । पछिल्लो समय क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले पीडितहरुलाई रकम दिन संसदमा समेत चर्को आवज उठाएका थिए ।
त्यसपछि मन्त्रीपरिषदले रकम फुकुवा गरेपछि जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय पालिकालाई रकम हस्तान्तरणको चाँजोपाँजो मिलाएको हो । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले सापकोटा, भण्डारी, पौडेल र नेपाल चारैजना सांसदको उपस्थितिमा जुरे पहिरो पीडितको नामको रकम वितरणका लागि स्थानीय पालिकालाई चेक र आधिकारीक काजगपत्र हस्तान्तरण गरे । चुनावी प्रतिवद्धता पुरा भएपछि लहरै बसेका सांसदहरुले तालि बजाए । स्थानीय तहका जनप्रतिनिधिले पनि खुसी व्यक्त गरे ।