बैंकिङ कसुरकमा एक फरार अभियुक्त पक्राउ

बैशाख १५, चौतारा । बैंकिङ कसुरकमा एक फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकद्वारा पक्राउ गरिएको छ ।

फैसला कार्यान्वयन अन्तर्गत उच्च अदालत पाटनको मिति २०७६।०५।०२ गतेको फैसलाले वैकिङ कसूर मुद्दामा कैद ७ दिन र जरिवाना रु १,००,०००।– (एक लाख) सजाँय भई फरार रहेका मेलम्ची नगरपालिका–१ का बर्ष ४० का देवी प्रसाद चौलागाईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहिबार विहान १०ः०० बजे काठमाण्डौ महानगरपालिका वडा नं.६ बौद्ध कुमारीगालमा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामकुमार यादवले जानकारी दिए । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरिएकोमा अदालतले लागेको कैद जरिवाना सजाँय असुल उपरका लागि बिहिबार नै जिल्ला कारागार कार्यालय चौतारा चलान गरिएको प्रनाउ यादवले बताए ।