चौतारा साँगाचोकगढी नगरपालिकाको रचनात्मक काम, २६ सहिद परिवारलाई विद्युतीय चुलो

निर्मल बस्नेत
२०८० बैशाख ७, चौतारा । चौतारा सागाचोकगढी नगरपालिकाले जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने २६ सहिदका परिवारजनलाई विद्युतीय चुलो बितरण गरेको छ । नगरले शहीद परिवार भेटघाट तथा विद्युतीय चुलो बितरण कार्यक्रम नगरपालिकाको वडा न ४ बाट शुरु गरेको हो ।
नगरपालिका भित्रका सबै वडाका नेपाल सरकारले घोषणा गरेका सहिदहरुलाई राहत स्वरुप विद्युतीय चुलो बितरण गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । नगरपालिका वडा नम्बर ४ का अध्यक्ष कुमार शर्माका अनुसार सहिद परिवारलाई चुलोको साथसाथै आवश्यक पर्ने राईस कुकर, कराइ, इलेक्ट्रिक जग, चिया पकाउने भाँडो, चपिङ बोर्ड, चक्कु लगाएत भाडाकुँडा बितरण गरिेएको हो ।

वडा भरिका सहिद परिवारलाइ भेला गरि कार्यक्रम गरिएको उनले बताए । उक्त कार्यक्रममा सहिदको बिषय संसदमा उठाउनु पर्ने साथै बेपत्ताका परिवारलाई पनि सरकारले सहिदकै सुचिमा राख्नुपर्ने सहिद परिवारको तर्फबाट बिन्दा बजगाईले माग गरिन ।

व्यवस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्नेहरुको परिवारलाई सम्झनाको लागि कार्यक्रम शुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए । नगरभित्र सबैभन्दा बढी सहिद वडा न ४ कुबिण्डेमा छन् । त्याहाँका २६ सहिद परिवालाई नगरप्रमुखले सामाग्री हस्तान्तरण गरेका हुन् । यो अभियान सबै वडामा निरन्तरता दिने नगरप्रमुख सापकोटाले जानकारी दिए ।