सुरक्षित आप्रवासन सम्वन्धि अन्र्तक्रिया सम्पन्न

निर्मल बस्नेत
(१२ चैत्र २०७९) सिन्धुपाल्चोक जिल्लाको क्रियाशिल पत्रकारहरुसंग सुरक्षित बैदेसिक रोजगार सम्वन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यो सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत भएको हो ।

उक्त कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले सुरक्षित आप्रवासन कार्यक्रमले बैदेसिक रोजगारी सम्वन्धि चेतना जागृत गर्दै ज्ञानको आयतन बढाएको भन्दै खुसी व्यक्त गरका छन् । उनले आफुले हरक्षेत्रमा विकाराल समस्याहरु देखेको अनुभूति सुनाउदै कहिले कठोर र कहिले निर्मम बनेर प्रस्तुत हुनपरेको सन्दर्भ जोडेका थिए । नगरप्रमुख सापकोटाले सवैको मन जितेर कल्याणकारी काम गरि कार्यक्रमले नतिजा हासिल गरोस् भनि शुभकामना प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले कार्यक्रमले पुर्नताजगी र सरोकारवालाहरुको गाम्भीर्यतालाई जोड दिएको कुरा व्यक्त गरे । अध्यक्ष्य श्रेष्ठले आगामी दिनमा कार्यक्रमहरु आवश्यकताको आधारमा प्राथमिकता दिई अघि बढाउन सुझाव दिएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा सञ्चालित रहेको छ ।

उक्त परियोजना नेपालको खोटाङ र सर्लाही जिल्लावाट २०६७ सालवाट सुरक्षित आप्रवासन परियोनजा सञ्चालन गर्दै आईरहेको थियो ।

नेपाल सरकार र स्वीस सरकारको समन्वयमा संचालित सामी परियोजना दोस्रो चरणमा ३८ जिल्लामा र तेस्रो चरणमा ३९ जिल्लामा संचालित रहेको कुरा सहयोगि संस्था हेल्वीटास इन्टरनेशनलका कार्यक्रक अधिकृत भोजराज सुनुवारले जानकारी गराए । उनले यस कार्यक्रमको महत्वलाई बुझेर प्रदेश र स्थानीय सरकारले निरन्तर रुपमा अगाढी बढाएर संस्थागत विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए । उनका अनुसार कार्यक्रम भित्र रहेर रोजगारीमा जानुपूर्व यस आर्थिक बर्षमा मात्रै सिन्धुपाल्चोकका ३३ जनालाई बिभिन्न सिपमूलक तालिम प्रदान गरिएको छ ।

बार्षिक लक्ष्य २० वटा समस्याहरु समाधान गर्ने लक्ष्य लिएकोमा १२ वटा ६ महिना मै समाधान गरेको सुरक्षित आप्रवासन कार्यक्रमको जिल्ला संयोजक अरुण पौडेलले जानकारी दिए । उनले यस आर्थिक वर्षमा जिल्लामा १६ वटा बैदेसिक रोजगारीको उजुरी परेकोमा ८ वटा किनारा लागिसकेको र ८ वटा प्रकृयामा रहेको बताए ।

बैदेसिक रोजगारीमा जाँदा आउन सक्ने समस्याहरुलाई कम गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट सोधपुछ तथा विभिन्न परामर्स सेवा दिर्दै आईरहेको छ । यो संगै अन्य उत्पन्न समस्याहरु पहिचान गरि मनोसामाजिक परामर्स र वितीय साक्षरता परामर्स प्रदान गर्दै आईरहेको छ । हेल्बेटास इन्टरनेशलनको सहयोगमा संचालित उक्त कार्यक्रम ०८१ असाढ मशान्त सम्म संचालनमा रहने सुरक्षित आप्रवासन कार्यक्रम जिल्ला संयोजक पौडेलले जानकारी गराएका छन् । कार्यक्रममा जिल्लाको ४ वटा स्थानीय तहमा गरि २३ जना कर्मचारीहरु रहेका छन् ।