कार्य सम्पादन मूल्यांकनमा ईन्द्रावती पहिलाे, सबभन्दा कमजाेर वलेफी

फागुन ७, चाैतारा । कार्य सम्पादन मूल्यांकनमा ईन्द्रावती पहिलाे र सबभन्दा कमजाेर वलेफी गाउँपालिका देखिएकाे छ ।
वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहहरु मध्ये ईन्द्रावती गाउँपालिकाले ६६.६५ प्रतिशत अंक ल्याएर पहिलाे हुन सफल भएकाे हाे ।

त्यस्तै ६३.५३ अंक ल्याएर चाैतारा साँगाचाेकगढी नगरपालिका दाेस्राे भएकाे छ भने ६३.१६ प्रतिशत ल्याएर मेलम्ची नगरपालिका तेस्राे भएकाे छ ।

पालिकाकाे अान्तरिक मूल्यांकनमा बफेफी गाउँपालिकाले ४०.८८ प्रतिशत मात्र प्राप्त गरेर सबैभन्दा कमजाेर पालिकामा दर्ज भएकाे छ ।
यसैगरी भोटेकोशी गाउँपालिकाले ६२.७५, जुगल गाउँपालिका ४७.०३, पाँचपाखरी थाङपाल गाउँपालिकाले ६१.२५ र हेलम्बु गाउँपालिकाले ५२.३ अंक प्राप्त गरेकाे छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ५२.०५, त्रिपुरासुन्दरी गाँउपालिकाले ५२.९, लिसंखुपाखर गाउँपालिकाले ५७.२४ र सुनकोशी गाउँपालिकाले ६०.९ प्रतिशत अंक प्राप्त गरेकाे छ ।

स्थानीय तहहरूकाे अान्तरिक कार्य सम्पादन मूल्यांकनब (लिजा) कार्यक्रम बर्सेनि गर्ने गरिएकाे छ । याे प्रक्रियाले स्थानीय तहलाइ थप बजेट वितरण तथा राजश्व बाँडफाँड लगाएतका प्रदेश संघबाट अाउने कार्यक्रमहरूमा समेत प्रभाव पर्ने भएपछि याे कार्यक्रमकाे महत्वबढ्दै गएकाे जानकारहरू बताउँछन् ।