
डेड महिनामै एकदर्जन योजना भित्र्याउन सफल भएको सांसद सापकोटाले गरे दावी

दिनेश दुलाल
पौष १०, चौतारा (सिन्धुपाल्चोक) । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ ले आफू निर्वाचित भएको डेड महिनामै आफ्नो क्षेत्रमा एक दर्जन योजजा भित्र्याउन सफल भएको खुलासा गरेका छन् । सोमबार कालीदेवी माध्यामिक विद्यालय, कदमबासको ७० औ वार्षिकोत्सव तथा अभिभावक सम्मेलनमा प्रमुख अतिथिको रुपमा पुगेक सांसद सापकोटाको उक्त भनाई आएको हो ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रमको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सांसद सापकोटाले सांसदहरुले केही गरेनन् भन्ने केही वक्ताहरुको भनाईलाई खण्डन गर्दै आफू निर्वाचित भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा ठूला तथा गौरवका आयोजनाहरु मन्त्रालयमा पेश गरेर कार्यान्वयनको थाली सुरुवात गरेको दावी गरे । प्रचण्ड प्रधानमन्त्री भएपछि नजिकबाट अन्र्तक्रिया छलफलमा निरन्तर जोडिएको बताउँदै सापकोटाले आफ्नो क्षेत्रको लागि विशेष योजना बनाएको बताए ।
जुरे पीडितलाई तत्कालिन सभामुख अग्नि सापकोटाकै पहलमा संकलित रकम दिन लाग्दा तत्कालिन प्रधानमन्त्री केपी ओलीको क्याविनेटले उल्टो निर्णय गरेर रोकिएको खुलासा गर्दै सांसद सापोटाले पछिल्लोपटक स्थानीय सरकार मार्फत फाईल अघि बढेको बताए । पूर्व सभामुख सापकोटाको बचाउ गर्दै सांसद सापकोटाले सभामुखकै पहलमा जलकिनीबाट जितपुर हुँदै कदमबासबाट भैंसे जाने सडकको डिपीआर पुरा गरेर पहिलो पहिलो चरण कालोपत्रे कामको सुरु भएको बताए । आफू निर्वाचित भए लगत्तै उक्त सडकको लागि १० करोड योजनाको फाईल स्रोत सुनिश्चिताको स्थितिमा पुगेको र यो आर्थिक वर्षमै काम सक्ने उनको भनाई छ । अर्थमन्त्री बिष्णु पौडेल र पूर्व सभामुख सापकोटाको समेत बसेर बाह्रबिसे देखि लिपिङसम्म जाने सडकको लागि २ अर्व ४७ करोडको फाईल स्रोत सुनिश्चिता भएर अगाडि बढेको उनले जानकारी दिए । त्यस्तै तातोपानी नाका मानव आवत जावत हुनेगरी केही दिनमा खुल्ने दावी गर्दै सापकोटाले चाईनिजहरुको ल्होछार पछि प्रधानमन्त्री प्रचण्डलाई लगेर भव्य कार्यक्रम गरी भूकम्प भन्दा अगाडिको अवस्थामा पु¥याईने ठोकुवा गरे ।
त्यस्तै जिल्लाको ओरेन म्याग्नसाईडका बारेमा सम्भाव्यता अध्यायन थालिएको समेत उनले जानकारी दिए । सापकोटाका अनुसार अहिले सम्म बिजुली बत्ती नपुगेको जुगलको गुम्बा, क्याङसिङ, साङलाङ, तेम्बाथान लगाएतका हिमाली ठाउँहरुमा बत्तीको लागि ३ करोड ५० लाख सुनकोशी शाखाले माग गरे बमोजिम बजेट परेर ठेक्का लगाउन सुरु गरेको छ । त्यस्तै एकदर्जन अलपत्र रहेका सडकका आयोजनाहरु मध्य सातवटा योजनाहरु कामका लागि ठेकेदारहरुले काम गर्न सुरु गरेको उनको भनाइ छ । ‘यहि गति र रफ्तारमा ५ वर्षमा भौतिक निर्माणको काम पुरा गर्नेछु’, सापकाटाले भने । शिक्षा स्वास्थ्य र आय आर्जनको क्षेत्रमा देखिने र भनुभूत गर्नेगरी केही न केही नयाँ काम गर्न आफू दिनरात लागेको बताउँदै सापकोटाले रत्नराज्य माविमालाई केन्द्रीय विद्यालयको रुपमा विकास गरी आगमी माघ २० गते प्रधानमन्त्री प्रचण्डलाई ल्याएर विद्यालयको उदघाटन गरिने उनले जानकारी दिए ।
एक अर्ब लगानीमा चीन सरकारले बनाईदिएको उक्त विद्यालयलाई दुईहजार विद्यार्थीहरुलाई आवशीय ढंगले सञ्चालन गरेर नेपाल भरीका सबै विद्यालयसंग प्रतिश्पर्धा गर्ने तहको केन्द्रीय विद्यालयको रुपमा स्थापित गरिने उनले बताए । आफू भाषणमा मात्रै नभई जीवन व्यवहारमै काम गरेर देखाउने समेत उनले ठोकुवा गरे ।
विद्यालयको शैक्षिक प्रगति सुधार्न सुझाब दिंदै सांसाद सापकोटाले सडक लगाएत आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए ।
कार्यक्रमका विशेष अतिथि निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद सरल सहयात्री पौडेलले विद्यालयको भौतिक पूर्वधार बनीसकेपछि शैक्षिक गुणस्तर आवश्यक औंल्याउदै विद्यालयले नमुना बनाउने भन्नुको अर्थ स्पष्ट नआएको धारणा राखे । दाताहरुले विद्यालयको लागि गरिएको सहयोग धार्मिक धाममा गएको भन्दा ठूलो कर्म भएको बताउँदै पौडेलले विद्यालयलाई वडा अध्यक्ष, विव्यस अध्यक्ष र शिक्षकको सबैभन्दा बढी मिहिनेत आवश्यक रहेको औंल्याए ।
शैक्षिक गुणस्तरको लागि बृहत छलफल मार्फत शैक्षिक क्षेत्रको कर्मलाई अभिभावक र शिक्षकले अवलम्बन गर्न समेत उनले आग्रह गरे । कार्यक्रममा नगरपालिकाका सामाजिक विकास संयोजक तथा १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले शिक्षण सिकाईमा सुधारको लागि शिक्षक नै लाग्नुपर्ने धारणा राखे । विद्यालयलाई शैक्षिक विकास गरे मात्र अन्यत्रबाट पनि विद्यार्थी ल्याउन सकिने उनको भनाई छ । त्यस्तै वडा नम्बर ९ का वडाअध्यक्ष बिमल श्रेष्ठले आग्रह र पूग्राह हुनुभन्दा विद्यालयको शैक्षिक विषयमा चर्चा गर्न वक्ताहरुलाई आग्रह गरे । वडामा रहेका आठ वटा विद्यालयलाई संगै राखेर आफूले आवश्यकताका आधारमा अनुदान प्रदान गरिएको बताउँदै श्रेष्ठले स्कलु बस राख्न तयार गरेपनि सडक पूर्वाधार कमजोर भएको बताए । उक्त विद्यालयलाई होटल मेनेजमेन्ट पढाउने विषमा योजना बनाउन तयार रहेको समेत उनले जानकारी दिए । कार्यक्रमा स्थानीय समाजसेवी बिदुर भारती, पूर्व वडा अध्यक्ष बिष्णु लामा, समाजसेवी रेशम गिरी लगाएतले विद्यालयको बारेमा आफ्नो धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण गिरीको सभापतित्वमा भएको उक्त वार्षिक उत्सव कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रध्यानध्यापक जनार्दन यादवले प्रस्तुत गरेका थिए । बालबालिकाहरुको विविध साँस्कृतिक मनोरन्जन सहितको उक्त वार्षिक उत्सव कार्यक्रमको अवसरमा विद्यालयलाई योगदान पु¥याएका दर्जनौ व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।