प्रभावकारी बन्दै जेष्ठ नागरिक क्लिनिक कार्यक्रम
निर्मल बस्नेत
२१ पौष, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले गाउँ–गाउँमै स्वास्थ्य सेवा पु¥याएसंगै नागरिकहरुले आफ्नो घर आगनमै सेवा पाएका छन् । नगर स्वास्थ शाखाले सञ्चालन गरेको जेष्ठ नागरिक क्लिनिक कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
नगरको प्रत्येक टोल बस्तीमा गएर स्वास्थ सेवा दिने लक्ष्य अनुरुप जेष्ठ नागरिक क्लिनिक कार्यक्रम अघि सारिएको नगर स्वास्थ शाखा प्रमुख सिव पुरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको वडा नम्वर ७ मा गरिएको शिविरमा महिला ७८ र पुरुष ५२ गरि जम्मा १ सय ३० जनाले सेवा लिएका छन् ।
उनका अनुसार सेवा लिनेहरु उच्च रक्तचापका १३, रगत परिक्षण १ सय १८, चिनी रोग १ सय १८ जनामा गरिएकोमा ६ जनालाई देखिएका छन् ।
त्यस्तै आँखा परिक्षण १ सय ८ गरिएकोमा ७ जनालाई मोतिया बिन्दु देखिएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले दिएको थप जानकारीमा ५ बर्ष भन्दा मुनि २५ जना वालवालिकाहरुको वृद्धि अनुगमन समेत गरिएको छ । उनका अनुसार नगरपालिकाले यो शिविरलाई अभियान कै रुपमा अघि बढाईने भएको छ ।