सोवरस एक्सन नेपालद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

पुस २०, फुलपिङकट्टी । सामाजिक संस्था सोवरस एक्सन नेपालद्वारा भोटोकोशी गाउँपालिका भित्र रहेका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ अन्र्तगतका सबै विद्यालयहरुमा मंगलबार पुगेर उक्त संस्थाले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । चिसो मौसममा कठाङिग्रएका बालबालिकाहरुलाई संस्थाका अध्यक्ष एवम् झिर्पु माध्यामिक विद्यालयका सल्लाकार आचार्य पासाङ वाङदी शेर्पाले वितरण गरेका हुन् ।

वडा नम्बर ४ बाट सुरुवात गरेपनि गाउँपालिकाको सबै विद्यालयमा सहयोग पु¥याईने संस्थाका अध्यक्ष वाङदी शेर्पाले बताए । विद्यालय र भोटेकोशी गाउँपालिकाको शैक्षिक क्षेत्रमा आउँदो दिनहरुमा पनि निरन्तर सहयोग, सहकार्य रहने उनको भनाई छ ।

उक्त संस्थाले बालबालिकाहरुलाई गरिएको सहयोगले सकारत्मक सन्देश छाएको झिर्पु माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आङछिरी शेर्पाको कथन छ । उनका अनुसार उक्त संस्था विगत देखिनै शैक्षिक क्षेत्रमा सहयोग प्रदान गर्दै आईरहेको चिरपरिचित सामाजिक संस्था हो ।