लिशंखुपाखर गाउँपालिका बागमति प्रदेशकै फ्रि वाईफाई जोन
दिनेश दुलाल
पुस १४, लिसंखु (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका बागमति प्रदेशकै फ्रि वाईफाई जोनको रुपमा दर्ज गराउन सफल भएको छ । प्रदेश भरीका सबै पालिकालाई फ्रि वाईफाई बनाउने बागमति सरकारको अघिल्लो योजना अनुसार ंिलशंखुपाखरले पहिलो ईन्टरनेट जोड्न सफल भएको हो । ‘फ्रि वाईफाई जोन निर्माण गर्न प्रदेशभरीका अन्य गाउँपालिका मध्य हामीनै पहिलो भएका छौ’, गाउँपालिका अध्यक्ष राजु लामाले सिन्धुज्वालासंग भने ।
आफूले स्थानीय तहको चुनाव ताका पालिकालाई फ्रि वाईफाई बनाउँछु भनेर बाँचा गरे अनुसार पुरा भएएको उनको ठहर छ ।
बुधबारबाट सुरुवात गरिएको फ्रि वाईफाईले सूचना सम्प्रेषण गर्न र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनको लागि फ्रि वाईफाई राखिएको अध्यक्ष लामाको भनाई छ । पालिकामा फोन समेत नटिप्ने कुनै बस्तीमा यो प्रविधिले सहजता ल्याउने उनको ठम्याई छ । विद्यालय, स्वास्थ्य चौकीमा समेत प्रभावकारी हुने उक्त सेवाले पालिकाका सबै वडा कार्यालयमा सेवाग्राहीका काम कारबाही छिटो छरितो हुने उनको भनाई छ ।
जनतासंग पालिका जोडिन तथा सेवा प्रवाहको लागि आवश्यक रहेको उनले औंल्याए । विद्यालयमा समेत मिटिङको लागि जुमबाट गर्न सकिने तथा बालबालिकाहरुलाई आईसिटी तथा कम्युटर ल्यावको लागि जरुर रहेको उनको ठहर छ । मल्टिमिडिया मार्फत शिक्षालाई गुणस्तर बनाउन उपयोगी हुने उक्त फ्रि वाईफाई पालिकाका सबै कुना काप्चा सम्म पुग्ने क्षमताको ईन्टरनेट राखिएको उनले बताए । २० एमविपिएस क्षमताको सुबिसु ईन्टरनेट सेवा जडान गरी बुधबारबाट संचालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मंगल बिष्टले जानकारी दिए । स्मरण रहोस जिल्लाका अन्य पालिकाहरुले समेत पालिकालाई फ्रि वाईफाई पालिका बनाउन लागिरहेका छन् ।