सिन्धुपाल्चोकका एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर,प्रहरी सेवाबाटै बरखास्त
पौष ८, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकमा कार्यरत एसपी रामेश्वर यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन् ।
२०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै दोषी ठहर गरेको हो । विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो । एसपी यादवलाई सर्वाेच्च अदालतले भ्रष्टाचार मुद्दामा चार महिना कैद ९७ हजार ५० रुपैँया जरिवाना तोकेको छ । उनी अब प्रहरी सेवाबाटै बरखास्तीमा परेका छन् ।
स्मरण रहोस एसपी यादव सिन्धुपाल्चोकमा प्रहरी प्रमुख भएर गएसंगै निकै विवादमा मुछिएका छन् । खासगरी ठेक्कापट्टा, होटल व्यवसायी, ढुङ्गाखानी तथा क्रसरउद्योगीहरुसंग रकम असुल्ने गरेको आरोप छ । यस बारेमा उनीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।