चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा कार्यविधि नै पास गरेर युवाहरुलाई रोजगारीको अवसर

दिनेश दुलाल
मंसिर २२, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले वेरोजगार युवाहरुलाई रोजगारीको अवसर दिलाउन नयाँ जुक्ति अपनाएको छ ।

नगरपालिकाले व्यतिm वा परिवारलाई प्रारम्भिक उद्ममशिलता विकास गर्न प्रदान गरिने अनुदान ÷ सापटी सुविधा सम्वन्धि कार्यविधि २०७९ पारित गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका भित्रका नागरिकमा प्रारम्भिक उद्ममशिलता विकास गराई उद्ममशिल बनाउन सहयोग पु¥याउने उद्देश्यले मंगलबार उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाअध्यक्ष रोशन गिरीले जानकारी दिए ।
उनका अनुसार रोजगारी चाहने युवाहरुले नगरपालिकाबाट पशुपन्क्षी चौपाया, दोपाया, माछापालन सहितका कृषि यन्त्र उपकरण आदिका लागि सापटी÷अनुदान वापत ५० हजार देखि २ लाख सम्म प्राप्त गर्ने छन् ।

नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रुपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रुपमा रुपान्तरण गरिने संयोजक गिरीले जानकारी दिए । उनका अनुसार व्यवासयमा रुची भएका अत्यान्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्ममशिलता विकास गर्न तथा व्यवसायिक ज्ञान दक्षता वुद्धि गर्ने हेतुले व्यवसाय सृजना शुरुवात, सुधार, विस्तार र विकासमा सहयोग पुर्याउन नगरले तालिम समेत प्रदान गर्नेछ ।

कार्यविधिमा उल्लेख गरे अनुसार सापटी÷अनुदान पाउने व्यतिm ÷परिवारको लगत विवरण वार्षिक रुपमा तयार गरि त्यसपछिका २ वर्ष सम्मको छनोट प्रकृया पनि पहिलो वर्ष भै गर्न सकिनेछ । त्यस्तै सापटी प्रदान गरिएका पशुपन्क्षी , चौपाया ,दोपाया को बिमामा पालिका ÷वडाले ५० प्रतिशत सम्मको साझेदारी गर्न सकिने उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए अनुसार सापटी रकम ५० हजार भन्दा बढी भएमा निवेदन साथ जग्गा धनि प्रमाण पुर्जा ÷व्यतिm भए एकाघर परिवारका ३ जना व्यक्तिको मञ्जुरीनामा वा दुई परिवारको ग्यारेन्टी, समुूह भए समुहको ग्यारेन्टी आवश्यक पर्ने छ । प्रारम्भिक उद्ममशिलताको पहिलो चरणमा सरकारी जागिरे÷पेन्सन प्राप्त व्यतिmलाई छनोट नगरिने उल्लेख छ । त्यस्तै प्रत्येक ३ वर्षमा एक सापटी चरण ÷ चक्र पुरा भै चौथो वर्षबाट पुन चक्र शुरु हुने जनाईएको छ ।

उद्यमीले कृषि उत्पादन देखि पशुपालन तथा अन्य व्यवसाय गर्नका लागि उक्त रकम प्राप्त गर्नेछन् । जसअनुसार लैनो भैसी खरिदका लागि ५० हजार देखि एकलाख सम्म प्राप्त गर्नेछन् । उद्यमीले वाख्रा, बंगुर, पन्क्षीपालन लोक्कल कुखुरा, हाँस बट्टाई, लेयर्स कुखुरा, कालिज ÷कटकनाथ, माछापालन, दुध संकलन ÷व्यवसाय डेरी उद्मोग, कोल्ड स्टोर तथा कृषि उपज बजारीकरण लगाएतमा प्राप्त गर्नेछन् ।

उद्यमीले प्रारम्भिक चरणमा थपिएका अवधि भित्र पनि सापटी फिर्ता नगरेमा लाभग्राहीलाई थप ६ महिना सम्म १०५(दश प्रतिशत) जरिवाना लाग्ने कार्यविधिमा उल्लेख छ । उल्लेखित अवधि भित्र पनि सापटी फिर्ता नगर्ने व्यतिm ÷परिवारलाई कालो सूचिमा सुचिकृत गरि सेवा सुविधा रोक्का गरिने समेतको कडा नियम कार्यविधिमा छ । सम्भवत यो खालको कार्यक्रम जिल्लाका १२ स्थानीय तह मध्येकै चौतारा साँगाचोकगढी नगरपालिकाको पहिलो भएको मानिन्छ ।
यस्तो छ कार्यविधि
Karyabidhi