
नाम सिफारिस सम्बन्धमा भ्रम छरिएको भन्दै नेता वंशलालले दिए कडा प्रतिक्रिया

भदौ २१, नवलपुर । ईन्द्रावती गाउँपालिकाको निवर्तमान गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला नेता वंशलाल तामाङले नाम सिफारिस सम्बन्धमा भ्रम छरिएको भन्दै सामाजिक सञ्जाल मार्फत कडा प्रतिक्रिया दिएका छन् ।
२०७९ मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उमेदवार बन्न चहाने आकांक्षीहरुको नाम सिफÞारिस सम्बन्धमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको प्रवक्ताले सामाजिक संजाल मार्फÞत र विभिन्न संचार माध्यमहरूले प्रकाशित गरेको समाचार भ्रमपूर्ण रहेको प्रतिक्रिया दिएका हुन् ।
जिल्लाका विभन्ना सञ्चार माध्यामहरुले लेखेको समाचारमा जिल्लाका केही निष्ठावान कार्यकर्ताहरुको नाम काटीयको भन्ने कुरा सत्य नभएको बताएका छन् । नेपाली कांग्रेसको बिधानले जिल्ला कार्यसमितिलाई मातहतका समितिहरुले सिफÞारिस गरेको नाम काट्ने अधिकार नभएको उनको जिकिर छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका प्रत्यासी समेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्–‘आगामी २०७९ मंसिर ४ गते हुन गईरहेको संघीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उमेदवार बन्न चाहने आकांक्षीहरुको नाम सिफारिस सम्बन्धमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको प्रवक्ताले सामाजिक संजाल मार्फत र बिभिन्न संचार माध्यमहरूले प्रेसित समाचारमा जिल्लाका केही निष्ठावान कार्यकर्ताहरुको नाम काटीएको भन्ने ब्यहोरा सत्य नभयको प्रस्ट पार्न चहान्छु । नेपाली कांग्रेसको विधानले जिल्ला कार्यसमितिलाई मातहतका समितिहरुले सिफÞारिस गरेको नाम काटने अधिकार नभएको कुरा सम्पूर्ण नेतागण, शुभचिनतक मित्रहरुमा जानकारी गराउन चाहन्छ ।’
नेपाली कांग्रेस प्रतिनिधिसभा २ क्षेत्रीय कार्यसमितिले गरेको यस्तो सिफारिस–