अरनिको याताात प्रा.लीमा निर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

भदौ १८, लोकन्थली (भक्तपुर) । अरनिको यातयात सेवा समितिको रुपान्तरित अरनिको यातायात प्रा.लिको निर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । प्रा.लि.को बुधबार बनेपामा भएको ५० औं वाािर्षक साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसंगै शनिबार सपथग्रहण कार्यक्रम राखिएको यातायात प्रा.लीले जनाएको छ । प्रा.ली.को निर्वाचन प्रमुख श्याम लामाले सपथ खुवाएका थिए । प्रा.ली. मा झण्डै १२ वर्ष पछि केदार क्षेत्री पुनः १३ कार्यकाल अन्य दुई प्रतिप्रधिलाई निकै फरकिलो मत अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रा.ली. को विधान अनुसार कार्यसमितिमा ३ वरिष्ट उपाध्यक्ष, ३ उपाध्यक्ष, एक सचिव, एक सह सचिव, एक उपसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र ७ सदस्य गरी १८ जनाको कार्यसमिति चयन भएको हो । वरिष्ट उपाध्यक्षहरुमा हरिभक्त श्रेष्ठ, विकासकाजी श्रेष्ठ र भुवन राउत रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा दिनेश कुमार श्रेष्ठ क्षेत्र नम्बर १, सुरेन्द्र बस्नेत क्षेत्र नम्बर २ र कृष्णबहादुर पन्त (ध्रुव) क्षेत्र नम्बर ३ रहेका छन् । त्यस्तै सदस्य सचिवमा प्रभुराम थापा, सचिन श्रेष्ठ सह सचिव, कृष्णभक्त त्वायना उपसचिव, राजु पौडेल कोषाध्यक्ष, नारायणदेव कुँवर सहकोषाध्यक्ष रहेका छन् । यसैगरी सदस्यहरुमा विपिन श्रेष्ठ, पदमलाल श्रेष्ठ (डवलकाजी), जीवन श्रेष्ठ, रविन तामाङ (माईला) पदमबहादुर सुवेदी (सिताराम), भुपेन्द्र थापा र लक्ष्मी श्रेष्ठ रहेका छन् ।