ईन्द्रावती गाउँपालिकामा व्यवसायिक रुपमै पुष्प खेती सुरुवात हुने


साउन २३, नवलपुर सिन्धुपाल्चोक) । जिल्लाको ईन्द्रावती गाउँपालिकामा व्यवसायिक रुपमै पुष्पखेती गरिने भएको छ । जिल्लामा १२ वटा पालिका मध्ये व्यवसायिक रुपमा पुष्प खेति गर्ने पालिका ईन्द्रावती गाउँपालिका भएको छ ।

पालिकाले साँझेदारीमा संचालनत गर्ने कार्यक्रममा प्रस्ताव पेश गर्नेबारे सूचना नै प्रकाशित गरेर व्यवसायी गर्नेहरुले आकर्षण गरेको हो ।
मंगबार गाउँपालिका अध्यक्ष रामप्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ– ‘ईन्द्रावती गाउँपालिका कृषि सेवा शाखाले आ.व २०७९÷०८० को वार्षिक कृषि कार्यक्रम अन्र्तगत साँझेदारीमा तिहार लक्षित पुष्प खेती कार्यक्रम रहेकाले कम्तिमा २÷२ रोपनी जग्गामा मखमली र सयपत्री फुल लगाउन ईच्छुक कृषक समुह ÷कृषि सहकारी÷कृषि फर्महरुले तपशिलमा उल्लेख कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (२०७८÷४÷३१) गाउँपालिकाको कृषि सेवा शाखामा पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।’ उक्त व्यवसायले किसानहरुलाई आत्मनिर्भता बनाउने गाउँपालिकाको ठहर छ ।

स्मरण रहोस राजधानीमा बर्षेनी तिहारको लागि आयत हुने विभिन्न प्रजातीका पुष्प भारतबाट करोडौं मूल्य तिरेर व्यवसायीहरुले भित्र्याउने गरेका छन् ।