भोटेकोशी गाउँपालिकाले ५० जना विद्यार्थीलाई लगानी गर्ने
जेठ १०, फुलपिङकट्टी (सिन्धुपाल्चोक) । भोटेकोशी गाउँपालिकाले आफ्ना पालिका भित्रका ५० जना जेहन्दार विद्यार्थीलाई शिक्षामा लगानी गर्ने भएको छ ।
भोटेकोशी गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले घोषणा गरेका हुन् । सोमबार पदभार ग्रहण कार्यक्रम सम्पन्न पश्चात् शेर्पाले आफ्नो कार्यकालको सुरुवातीमै एउटा वडाबाट १० जना जेहेन्दार बिध्यार्थीहरु छनोट गरि जम्मा ५० जनालाई निशुल्क पढाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले दीर्घ रोगी बिरामीहरुलाई निशुल्क उपचारमा गर्ने भएको छ । अध्यक्ष शेर्पाले पालिका भित्रका केही दृघरोगी बिरामीको सिफारिसमा हस्ताक्षर गर्दै आफ्नो कार्यको सुरुवात गरेका थिए ।
सोमबार नै अध्यक्ष शेर्पाद्वारा उपाध्यक्ष लगाएत पालिका भित्रका ४ वडाअध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई सपथ खुवाएका हुन् । यहाँ २५ सदस्य निर्वाचित भएका छन् । वडागत संरचनाको हिसावले जनसंख्या तथा सबैभन्दा कम वडा रहेको भोटेकोशी गाउँपालिका जिल्लाकै सबैभन्दा कान्छो पालिका हो । यहाँ ५ वटा वडा रहेका छन् ।