सिपाडोल क्षेत्र परोपकार समाजको अध्यक्षमा हेम सापकोटा
फागुन २८, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ अन्र्तत सिपाडोल क्षेत्र परोपकार समाजको अध्यक्षमा हेम सापकोटा निर्वाचित भएका छन् ।
परोपकार समाजको शनिबार पाँचपाखलमा भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन ।
अधिवेशनबाट वरिष्ट उपाध्यक्ष बोजबहादुर थापा, उपाध्यक्ष तोकबहादुर नेपाल, सचिव पुस्कर भण्डारी, स–सचिव शिव लोहला र कोषाध्यक्षमा सुदिप रिसाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद काफ्ले, राजन आचार्य, किसन महतो र रमेश खड्का चयन भएका छन् । समितिको कार्यसमितिमा एकजना महिला सहित ३ जना मनोनित गरिने नवनिर्वाचित अध्यक्ष हेम सापकोटाले बताए । समाजले सामाजिक सेवामा समप्रित रही सिपाडोलका जनताको हरेक सुख दुःखमा साथ दिने उनले बचनवद्वता गरे ।
उनका अनुसार तीन वर्ष अघि गठन भएको उक्त समाजको तीन करोड मूल्य बराबरको आफ्नै भवन छ । संस्थाको हालसम्म २१ लाख ५० हजार बचत गर्न सफल भएको सापकोटाको भनाई छ । त्यस्तै संस्थामा ११६ जना साधारण सदस्य छन् ।
परोपकारी सेवा गर्ने उद्देश्यले गठन भएको उक्त संस्थाले सिपाडोल क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुको लागि कोही विरामी पर्दा उपचारमा सहयोग गर्ने, सदस्यभित्र मरु पर्दा २५ हजार सहयोग गर्ने लगाएत सेवा दिंदै आएको उनले बताए । कोरोना माहामारीको बेलामा समेत समाजले बाटो हिड्ने बटुवा र अलपत्र परेका नागरिकलाई जगाती चोकमा खाना खुवाउने तथा गन्तव्य सम्म पु¥याउन सहयोग गरिएको निवर्तमान अध्यक्ष रत्नमणी वर्जचार्यले जानकारी दिए ।
समाजको संरक्षक बालकृष्ण सापकोटा रहँदै आएका छन् । शनिबार पाँचखालको एक पार्टी प्यालेसमा गरिएको समाजको दोस्रो अधिवेशन तथा तथा तेस्रो साधारणसभा सूनपा वडा नम्बर ८ का वडाअध्यक्ष किरण थापाद्वारा उद्घाटन गरिएको हो ।