सिन्धु कांग्रेसको चुनावी प्रतिश्पर्धा दोस्रो चरणमा, जंगबहादुर र बंशलालको कडा प्रतिष्पर्धा

फागुन २९, चौतारा (सिन्धुपाल्चो) । नेपाली कांग्रेस पार्टी सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अन्र्तगत पहिलो चरण मत परिणाम प्राप्त भएसंगै पुनः दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो चुनावी प्रक्रियामा त्रिपक्षी भिडन्तमा कुनैले पनि ५१ प्रतिशत मत पु¥याउन नसकेपछि आज पुनः दोस्रो चरणको मतदान हुने नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ । पहिलो चरणको चुनावी प्रतिश्पर्धामा सभापतिमा बंशलाल तामाङ, जंगबहादुर तामाङ र प्रेमध्वज प्रधान भिडेका थिए । सो पार्टीले दिएको जानकारी अनुसार कुल १८७४ मत खसेको मध्य सभापतिका दावेदार जंगबहादुर लामाले सबभन्दा बढी मत ल्याएका थिए । उनले ७०५, दोस्रोमा बंशलाल तामाङले ६२९ र प्रेमध्वज लामाले ४९३ मत प्राप्त गरेका थिए ।

अब हुने दोस्रो चरणको प्रतिष्पर्धा जंगबहादुर र बंशलालको हुने भएको छ । जंगबहादुरलाई प्रेमध्वको साथ रहे उनले सजिलै जित्ने अनुमान गरिएको छ । पूर्व क्षेत्रीय सभापति समेत रहेका जंगबहादुरलाई केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगाएतको समर्थन रहेको उनी निकट एक स्थानीय कांग्रेस नेताले सिन्धुज्वालालाई बताए । उनका अनुसार जंगबहादुरको पक्षमा पालिका स्तरको समर्थन जुटाउन गाउँपालिका अध्यक्ष शेर्पाले निकै जोड गरेका छन् । सदरमुकाम चौतारा आसपाका कांग्रेसी कार्यकर्ताले पहिलो चरणमा प्रेमध्वजलाई मत दिएपनि दोस्रो चरणमा जंगबहादुरलाई दिन सक्ने अड्कल गरिएको छ । समिकरण कसरी बन्छ त्यसैमा निर्भर रहने गत स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढीबाट मेयरका प्रत्यासी केशव गिरीले बताए ।

परिणाममा दोस्रो बनेका बंशलाल तामाङले चौतारा, पिपलडाँँडा, सानोसिरुवारी, साँगाचोक र ठूलोसिरुवारीको मत तान्न सके उनको सम्भावनालाई नकार्न नसकिने एक कांग्रेस कार्यकर्ताले बताए । उनलाई जिल्ला सभापती बिकाश लामा, पूर्व सभापती भुपेंद्र थापा, क्षेत्रीय सभापती आईतमान तामाङ लगाएतको समर्थन रहेको बताईन्छ । उपसभापतिको उम्मेदवार बनेका तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा समेत बंशलाल तामाङकै प्यानलबाट उठेका कारण परिणाम तामाङको पक्षमा आउने बंशलाल पक्षधरका कार्यकर्ताको ठम्याई छ ।
दोस्रो चरणको निर्वाचन २०७८ फागुन २९ गते बिहान ११ बजे आहाल डाँड़ा कवडहलमा हुने सो पार्टीको जनाएको छ ।