नेकपा एकीकृत समाजवादी मेलम्ची नगरकमिटिकाे अध्यक्षमा विनाेद खनाल

फागुन ८
मेलम्ची ( सिन्धुपाल्चाेक) । नेकपा एकीकृत समाजवादी मेलम्ची नगरकमिटिकाे अध्यक्षमा विनाेद खनाल चयन भएका छन् ।

शनिबार नेकपा एकीकृत समाजबादी मेलम्ची नगर कमिटी को भेला पाटी केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज शुभास कर्माचार्य को प्रमुख आतिथ्यतामा भएकाे हाे । भेलामा केन्द्रीय सदस्यद्वय भगवती नेपाल र इन्द्रमाया गुरुङ , पाटिका प्रदेश कमिटी सदस्यहरु नानिराम चौलागाईं ,शिवराम भट्टराई ,राम लाल बिक ,अर्जुन बिक , युवा संघ नेपाल का सचीव फइन्द्र तामाङ ,स्थायी कमिटी सदस्य हेमेश तामाङ लगायत को उपस्तिथितीमा सम्पन्न भएकाे हाे ।

भेलाले बिनोद खनाल अध्यक्ष ,रामभक्त दनुवार सचीव रहेको ७१ सदस्यीय मेलम्ची नगर कमिटी को घोषणा समेत गरेको छ ।

नेपाल को कम्युनिस्ट आन्दोलन लाई समाप्त पार्दै नेपाली जनता को भाग्य र भबिस्य माथी कालो धब्बा लगाउने प्रबृती लाई चिर्दै र श्रमजीवी जनताको मुक्ती आन्दोलनको नेतृत्व गर्न अाफ्नाे नेतृत्वमा रहेको उक्त कमिटीले इमानदारीपूर्वक लाग्ने नवनिर्वाचित अध्यक्ष खनालले बताए । बाढी र पहिरोका कारण क्षतबिक्षत भएको मेलम्ची क्षेत्रको शिघ्र ब्यबस्थापनका लागि समेत उक्त पार्टी जिम्मेवार भएर लाग्ने उनले प्रतिबद्धता जनाए ।