जिल्लाकै नमुना वडा कार्यालय भवन चौतारामा बन्दै


पुष १०, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ को आफ्नै वडा कार्यालय भवन बन्ने भएको छ ।
सदरमुकाम चौतारामा बन्न लागेको तीन तले वडा भवनको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले शनिबार शिलान्यास गरेका हुन् ।

जिल्लामा १२ स्थानीय तहमा बनेका वडाहरु मध्ये चौतारा सगाचोकगढी नगरपालिका वडा न ५ को प्रशासनिक भवन जिल्लाकै उत्कृष्ट भवन हुने आंकलन गरिएको छ ।

वडा कार्यालय भवनको शिल्यान्यास गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ

सम्भवत वडा कार्यालय निर्माणको लागि यति ठूलो रकम अरु स्थानीय तहमा छुट्याएको थिएन । वडा नम्बर ५ ले यो अवसर पाएको छ ।
उक्त वडा कार्यालय निर्माणको लागि एक करोड ७३ लाख बजेट परेको वडा अध्यक्ष नरमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ९२ लाख नगर तथा ८१ लाख बागमति प्रदेश सरकारले छ्ट्याएको हो । ६ महिनामै निर्माण सम्पन्न हुने गरी निर्माणको काम थालिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

नगरपालिकको १४ वडा मध्य ५ नम्बर वडाको भवन १३ औं भवन हुनेछ । वडा नम्बर १ को भवन भने प्राविधिक कारणले बन्न नसकेको चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ ।
स्मरण रहोस १२ स्थानीय तह मध्ये सबैभन्दा वडा कार्यालय भवन सम्पन्न गर्ने चौतारा साँगाचोकगढी नगरपालिका पहिलो स्थानमा रहेको छ ।