कुबिण्डेमा निशुल्क स्वास्थ्य शिबिर, संयाैले पाए सेवा

निर्मल बस्नेत
मंसिर २८ चाैतारा (सिन्धुपाल्चोक ) । चाैतारा साँगाचाेकगढी नगरपालिका ४ कुबिण्डेका संयाै स्थानीयले स्वास्थ सेवा पाएका छन् ।
सामन्य उपचार समेत नपाएका कुबिण्डेका स्थानीयले निशुल्क स्वास्थ सेवा पाएपछि उनीहरूमा खुसी छाएको छ । कुविण्डे स्वास्थ्य चौकीको आयोजना,जनहित ग्राणिण सेवा समितिसंगको समन्वय र नेपाल वाइलिंग्रीस इ.भी को सहयोगमा कुबिण्डे छापडाँडामा रहेको स्वास्थ्य चौकीमा निशुःल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हाे ।
शिविरको उदघाटन चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तामाङले गरेका हुन् ।
शिविरको उदघाटन गर्दै मेयर तामाङले स्वास्थ्य मानिसको प्रमुख पक्ष भएकोले जसरी कुखुराले मुसलधारे झरीको अवस्थामा आफ्नो चल्लालाई ढाकेर राखी सुरक्षा दिन्छ त्यसैगरि नेपाल वाइलिंग्रीस इ.भी र जनहित मिलेर कुबिण्डेको समुदायको सेवक बनी पूनित कार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।
मेयर तामाङले यो सेवा चौताराको अन्य ठाउँमा पनि पुर्याउन आग्रह गरे ।
शिविरमो वालकदेखी बृद्धबृद्धासमेतको सहभागिता रहेको छ । शिवरमा ३ सय ५९ जनाले टिकट लिएकोम सबैजनाले सेवा लिएकाे जनहित ग्रामीण सेवा समितिका कर्मचारी दुर्गा सापकोटाले जानकारी दिए । उनका अनुसार सेवा लिनेमा १ वर्ष देखि ९० वर्ष सम्मका छन् । संस्था जनहित ग्रामीण सेवा समितिका अध्यक्ष भरत सापकोटाले दिएको थप जानकारी अनुसार सुमेरु सिटी अस्पतालका चिकित्सकहरु र आवश्यक कर्मचारी र सहयोगी संस्थाका नेपाल प्रतिनिधि एवं कार्यक्रम निर्देशक सुनिलकुमार श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष चुडामण्ी नेपाल , कार्यपालिका सदस्य सागर परियार , नवनिर्मित भवनको निर्माण गर्ने बज्र निर्माण सेवाका प्रोपाईटर सुवास श्रेष्ठको बिशेष उपस्थीति रहेको छ । शिविरमा हाडजोर्नी,सत्रीरोग र सर्जरीको सेवा प्रदान गरिने र उक्त शिविर साँझसम्म संचालनमा रहेकाे थियाे ।