भोटेकोशी गाउँपार्टी कमिटिले ग¥यो प्रथम ऐतिहासिक अधिवेशन, अध्यक्षमा लाक्पा

मंसिर १६, तातोपानी (सिन्धुपाल्चोक) ।
भोटेकोशी गाउँपार्टी कमिटिले आफ्नो प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न गरेको छ । नेपाल–चीनको सिमाना ऐतिहासिक नाका तातोपानी नजिक हिन्दीमा बुधबार प्रथम सम्मेलन सम्पन्न गरेको सो पार्टीले जनाएको छ ।

उक्त सम्मेलनको माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भूमि व्यवस्था तथा शहकारी मन्त्री शशि श्रेष्ठले उदघाटन गरेकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि रहेकी मन्त्री श्रेष्ठले मुलुक परिवर्तनको लागि जनताको एजेण्डा बोकेको माओवादी पार्टी नै मुलुकको मुल पार्टी भएको बताईन । ‘एजेण्डाको हिसाबले देशको सबैभन्दा ठूलो र मुल पार्टी माओवादी केन्द्र नै हो, जनतालाई बुझाउन नसक्दा मात्र हामी कमजोर भयौं’, मन्त्री श्रेष्ठले भनिन ।

दशबर्षे जनयुद्वको जगमा भएको ऐतिहासिक जनआन्दोलनले स्थापित गरेको मुल मान्यता र ऐजेण्डाहरुलाई जनताका बीचमा स्पष्ट पार्न सके आगमी निर्वाचनमा माओवादी केन्द्र फेरी पनि मुलुककै सबैभन्दा ठूलो पार्टी रहेको उनले उद्घोष गरिन । त्यस्तै कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज माधव सापकोटा सुवोधले मुलुकलाई बर्बादीतिर लैजानेहरुको यतिबेला चुरीफुरी बढेको भन्दै त्यसलाई माओवादी केन्द्रले आगमी चुनाव मार्फत निस्तेज पारिने उद्घोष गरे ।
त्यस्तै कार्यक्रममा अर्का नेता सरल सहयात्री पौडेलले माओवादी केन्द्रको पहल कदमीकै कारण बन्द भएको ऐतिहासिक तातोपानी नाका सुचारु हुन सकेको दावी गरे । अझै नाकालाई व्यवस्थित गर्न पार्टीकै पहलमा दुई देश बीच व्यापारिक सम्बन्ध र सडकको स्तर उन्नती आवश्यक रहेको औंल्याए ।

गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले चीन जोडिएको भोटेकोशी गाउँपालिकामा रहेका भैरव कुण्डदेखि ऐतिहासिक दुगुनागढी लगाएतका पुरातात्विक संरचनाहरुको संरक्षण र सम्वर्दन गर्न गाउँपालिका अहोरात्र खटिएको स्मरण सुनाए । पाँच वर्षको अवधिमा गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, पुर्वाधार तथा सामाजिक क्षेत्रमा केही परिवर्तन गर्न सकिएको ठोकुवा गरे ।
कार्यक्रममा जिल्ला संयोजक गोविन्द पराजुली लगाएतले समेत मन्तव्य राखेका थिए ।

स्थानीय जनताको बाक्लो उपस्थितिका बीच गरिएको उक्त सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षमा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरेको छ ।
जसमा उपाध्यक्षमा फुनु शेर्पा, पासाङ शेर्पा, बिमल श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा आङछिरिङ शेर्पा, सहसचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षमा कैलाश रसाईली सर्वसहम रुपमा निर्वाचित भएको गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिईन ।
जिल्लामा १२ स्थानीय तहमध्ये माओवादी केन्द्रले बुधबार सम्म १२ पालिकाको अधिवेशन सम्पन्न गरको हो ।

सिन्धुपाल्चोकका तीन नगरपालिका र ९ गाउँपालिका सहित १२ पालिकाको अधिवेशनमा ६ सय २५ निर्वाचित भएका छन् । नगरपालिकामा ६५ र पालिकामा ५५ निर्वाचित हुने प्रावधान अनुसार सिन्धुपाल्चोकमा पालिका कमिटि भित्र ६ सय २५ जना निर्वाचित भएका हुन् ।
संयोजक पराजुलीका अनुसार पालिका सम्मेलन सकिएसंगै मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।