मण्डनदेउपुरले गर्यो २ सय भन्दा माथि बाढी पिडितलाइ खाद्यान्न राहत सहयोग


असोज २६ , काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले २ सय ६५ बाढी पिडित परिवारहरुलाई राहत सामग्री हस्तान्तरण गरेको छ। इन्द्रावती नदिमा गत असार १ गते आएको बाढीले प्रभावित पिडित नागरिकहरुलाई नगर प्रमुख टोक बहादुर वाइबाले राहत सामग्री हस्तान्तरण गरेको हो ।
गत असार १ गते आएको इन्द्रावती बाढीले नदि किनारमा रहेको खेतीयोग्य जमिन कटान गरि बगाएको थियोे ।
नगरपालिकाले बाढी प्रभावित ६ र ७ को गरि पिडित २ सय ६५ परिवारहरुलाइ खाद्यान्न राहत सामग्री वितरण गरेको हो।
पिडित प्रति परिवार चामल ३० किलो , दाल पाच किलो , चिउरा १० किलो , तेल तीन लिटर र जिरा एक किलो वितरण गरिएको नगर प्रवक्ता एवम् वडा नम्बर छ का अध्यक्ष डिल्ली प्रसाद आचार्यले बताए ।
बाढीले खेत बगाउँदा अन्न उप्जाउने ठाउँ नहुदा दशैमा खाद्यान्नको अभाव हुन सक्ने भन्दै पिडित नागरिकहरुको निम्ति नगरपालिकाले अभिभाजकत्व जिम्मेवारी निर्वाह गरि खाद्यान्न राहात सामग्री वितरण गरेको अध्यक्ष आचार्यले बताए ।