‘समाजवादी क्रान्तिको लागि ‘प्रचण्डपथ’ शिक्षा आवश्यक’–जनार्दन शर्मा
दिनेश दुलाल
असोज २३, काठमाडौं । नेकपा (माओवादी केन्द्रका) स्थायी कमिटि सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले समाजवादी क्रान्तिको लागि प्रचण्ड पथ शिक्षाको आवश्यक रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको दशैं, तिहार, छट तथा नेपाल संवतको उपलक्ष्मा आयोजित शुभकामना आदानप्रदान, चियापान, तथा युवा भेला कार्यक्रमका प्रमुख अतिथि रहेका अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।
‘हिजोका प्रचण्ड पथको शिक्षा समेत एकासौं शताव्दीको जनवाद समेत लिएर समाजवादी क्रान्तिको प्रारुप तयार हुन्छ’,–माओवादी केन्द्रका प्रभावशाली नेता शर्माले भने । माओवादी खण्डिकरण हुनुको कारण बारे स्पष्ट पार्दै प्रभाकरले भने–‘ जुन कुरा हामीले छाड्यौं त्यसपछि पार्टीमा विभाजन भयो ।’ विचारको केन्द्रीकरण नहुनुको परिणाम माओवादी केन्द्र थोरै अपठ्यारोमा परेको स्विकार्दै नेता शर्माले प्रचण्ड पथको शिक्षा लिएर समाजवादी आन्दोलनको प्रारुप र त्यस्को ढाँचा आगमी राष्ट्रिय सम्मेलनले तय गर्ने उनले उदघोष गरे । त्यो प्रारुपको रुप भने अध्यक्ष प्रचण्डले विचार संश्लेषण गरेर तय गर्ने उनले ठोकुवा गरे । बरु त्यसको लागि वैचारिक रुपमा प्रचण्डलाई मद्दत पु¥याएर योगदान गर्न र संगठन निर्माणमा जोड दिन आग्रह गरे ।
जनयुद्व ताका जनयुद्वको एउटा प्रक्रियाबाट संश्लेषण भएको स्मरण सुनाउँदै अर्थमन्त्री शर्माले प्रचण्डपथ एउटा वैचारिक केन्द्रीकरणको रुपमा त्यसलाई संगठनलाई केन्द्रीकरण, भावानालाई केन्द्रिकरण गर्ने काम गरेको स्मरण सुनाउँदै आन्दोलनलाई केन्द्रिकरण गर्ने काम गरेको छ । नेपाली राजनीतिमा दुईवटा प्रमुख धाराहरुको टक्कर चल्दै आईरहेको प्रति संकेत गर्दै अर्थमन्त्री शर्माले प्रचण्डपथ एउटा वैचारिक केन्द्रीकरण, संगठन केन्द्रीकरण, भावानालाई केन्द्रिकरण र आन्दोलनलाई केन्द्रिकरण गर्ने काम गरेको सुनाए ।
कार्यक्रममा स्थायी समिति सदस्य डिलाराम आचार्य तथा केन्द्रीय सदस्य तथा ’अझै वैचारिक र राजनैतिक रुपमा खारिन पर्ने औंल्याए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’, युवराज दुलाल ‘शरद’ वाईसीयलका फ्याक्सन ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, चन्द्रबहादुर थापा लगाएत नेताहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच रोयल जडिबुटी व्याक्वेट जडिबुटीमा आज भएको शुभकामना आदानप्रदान कार्यक्रममकै सन्दर्भमा सिन्धु–काठमाडौं वाईसीयल समन्वय समितिको श्याम मगर अध्यक्ष र चन्द्र तामाङ सचिब रहने गरि ५९ सदस्यीय कमिटी गठन गरिएको सिन्धु–काठमाडौं समन्वय समितिका अध्यक्ष ठूलोबाबु श्रेष्ठले जानकारी दिए ।