बौद्धिक अपांगता भएका न्यानो कपडा तथा झोला वितरण

असोज २१, मेलम्ची । इन्द्रेश्वरी माध्यामिक विद्यालयले बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई न्यानोको कपडा तथा झोला वितरण गरेको छ ।
विद्यालयले श्रोत कक्षाका २५ विद्यार्थीलाई जाडोको लुगा सेट र झोला वितरण गरेको हो । अस्ट्रेलियामा रोजगारीको सिलसिलामा रहेका भएका मेलम्ची ११ निवासी सुमन श्रेष्ठ तथा अपांगता क्षेत्रमा काम गर्ने संस्था जेम्सको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा तथा झोला वितरण गरिएको विद्यालयले जनाएको छ । २५ विद्यार्थीलाई ट्रयाक सुट र झोला बुधबार इन्द्रेश्वरी माविका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले वितरण गरेका हुन् ।
सोही अवसरमा रेडियो मेलम्चीलाई सोहीका स्थानीय सुदर्शन श्रेष्ठले ५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।