अखिल क्रान्तिकारीकाे मेलम्चीमा तामाङ र ईन्द्रावतीमा दनुवारकाे नेतृत्वमा कमिटी गठन
भदाै ११, चाैतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी तामाङ र ईन्द्रावती गाउँपालिकाकाे अध्यक्षमा दिपक दनुवार चयन भएका छन् ।
अखिल क्रान्तिकारी मेलम्ची नगरपालिकाको बुधबार भएकाे भेलाले अध्यक्षमा तामाङ. सहित उपाध्यक्षमा रबिन सापकोटा चयन भएका हुन् । ३५ सदस्यिय नगर कमिटि गठन भएको नवगठित समितिका अध्यक्ष तेज बहादुर तामाङले जानकारी दिए ।
अखिल क्रान्तिकारी नगर कमिटि अध्यक्ष हित बहादुर तामाङ अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे हाे । भेलालाई सम्वाेधन गर्दै दुलालले शिक्षा क्षेत्रमा सरकारले पर्याप्त लगानि गर्नपर्नेमा जोड दिए । निशुल्क र गुणस्तिरिय शिक्षा प्रदान गर्न सकेमात्र देशको विकास हुने भन्दै शिक्षा क्षेत्रको विकास नै मुल विकास भएको दावि गरे । कार्यक्रममा नेता चन्द्र बहादुर थापा ,बिलबहादुर रायमाझि लगायत जिल्ला तथा नगरपालिका तहका नेताहरुको उपस्थिति रहेको िथयाे ।
यसैगरी क्रान्तिकारीकाे इन्द्रावती गाउँपालिकाको प्रथम सम्मेलन बिहीबार इन्द्रावती गाउँपालिका-७ स्थित पाँचपोखरी क्याम्पसमा सम्पन्न भएको छ । उक्त भेलाले अध्यक्षमा दिपक दनुवार तथा सचिबमा सन्जीब तामाङ लगायत ३५ सदस्यीय कमिटी गठन गरिएको विद्यार्थी नेता सन्जिब तामाङ स्यान्बोले जानकारी दिए । माओबादीका केन्द्रीय सदस्य, पूर्व सामजिक विकास मन्त्री तथा बागमती प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज युबराज दुलाललको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हाे । नेता तथा विद्यार्थीको बाक्लो उपस्थित रहेको उक्त भेलालाई सम्बाेधन गर्दै नेता दुलालले शिक्षा क्षेत्रमा लगानी कम भै रहेको र यसमा सरकारको ध्यानाकर्षण गराए । निशुल्क र गुणस्तर शिक्षा सबैको पहुँचमा पुर्रयाउन पर्नेमा जाेड दिए ।
कार्यक्रममा पालिका भित्र रहेका विद्यालयका विद्यार्थी, शिक्षक तथा पार्टीका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।