भर्खरै पछिल्लो अपडेट, गाडीले किचिएका दुईजनाको मृत्यु, घाईतेहरुको उपचार हुँदै

भदौ ९, सुकुटे (सिन्धुपाल्चोक) । ठोकर्पा बस दुर्घटनामा घाईते मध्येका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
धुलिखेल अस्पतालमा २२ जना उपचार गराईरहेकोमा २ जनाको उपचारकै क्रममा धुलिखेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बसले च्यापिएका दुईजनाको उपचारका क्रममा भरखरै मृत्यु भएको हो । मृत्यु भएका ललितपुर ठूलो दुर्लुङ बस्ने अन्दाजी ४०÷४५ को राजन बराम र अर्को अन्दाजी बर्ष २२÷२३ का एक पुरुषको भने सनाखत नभएको उनले बताए । आज विहान ११ः३० बजे दुर्घटाना भएको उक्त बस साँघुरो मोड त्यसमाथि ओरालो सडक भएका कारण ब्रेक नथामिएपछि दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धान रहेको उनले बताए । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हो ।
ठोकर्पाबाट काठमाडौँका लागि छुटेको बस बिहान ११ः३० बजे सुनकोशी गाउँपालिका ३ थापागाँउमा सडकबाट बीस मिटर तल बस झरेको प्रहरीले जनाएको छ । २२ बाहेक १९ जनाको भने खाडीचौरको सदबहार अस्पतालमा े उपचार भईरहेको र त्यहाँ रहेका सबैको अवस्था सामन्य रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए । एकजना फेरी धुलिखेलमा र अर्को एकजना भक्तपुर अस्पतालमा उपचारको लागि पठाईएको उनले बताए ।