क्रान्तिकारीको नगर अध्यक्षमा प्रल्हाद विश्वकर्मा निर्वाचित

निर्मल बस्नेत
भाद्र ७, चौतारा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिकाकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा सर्वसहमत प्रल्हाद बिश्वकर्मा निर्वाचित भएका छन् ।

क्रान्तिकारी नगर कमिटीमा उपाध्यक्षमा रबिन सापकोटा र शोभा घोरासैनीे, सचिवमा अमृत श्रेष्ठ, सहसचिवमा शुर्दसन अर्याल र सिर्जना घोरासैनी र कोषाध्यक्षमा सुप्रिन्स कसजु निर्वाचित भएका छन् । वि.क.को नेतृत्वमा ३५ सदस्यिय नगर कमिटी गठन भएको संगठनको जिल्ला अध्यक्ष मिलन लामाले जानकारी दिए । सम्मेलनले आगामी दिनहरुमा अन्य संगठनहरु भन्दा अग्रभागमा रहेर काम गर्ने उनले बताए ।
उक्त सम्मेलनको उदघाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटाकाले गरेका हुन् । सापकोटाको प्रमुख आतित्थ्यतामा सम्पन्न सम्मेलनमा शुभकामना प्रदान गर्दै सापकोटाले भने अझै जनबादी शिक्षाको लागि आन्दोलन निरन्तर आवश्यक रहेको कुरा व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) नगर कमिटीका अध्यक्ष अर्जुन शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सल्लाहाकार अमानसिं तामाङ, पार्टी जिल्ला सदस्य जानुका पराजुली, उजारसिं तामाङ, रामप्रसाद गौतम, श्यामकृष्ण श्रेष्ठ, नरमान श्रेष्ठ, सागर परियार क्रान्तिकारीको केन्द्रिय सदस्य रञ्जीत आचार्य, जिल्ला अध्यक्ष मिलन लामा, उपाध्यक्ष छितीज, तोक बहादुर, बेली दुलाल, सचिव मिलन सुबेदी र सहसचिव हरी पौडेल, प्रबिण चौलागाई साथै जिल्ला समितिका सदस्यहरु सुवास गौतम, दिपक दनुवार लगायत नगरभित्रका मा.वि. तथा क्याम्पसहरुको बिद्यार्थीहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।