आईसोलेसनमा भर्ना भएका एक पुरुषले गरे आत्महत्या

जेठ २०, चनौटे (सिन्धुपाल्चोक) । जुगल गाउँपालिका–५ चनौटेमा सञ्चालति रत्न राज्य कोभिड–१९ आईसोलेन केन्द्रमा उपचारत एक पुरुषले हाम फालेर आत्महत्या गरेका छन् ।
बलेफी गाउँपालिका–६ का ५३ वर्षीय रत्न बहादुर तामाङले आईसोलेसन भवनको तेस्रो तल्लाको झ्यालबाट बुधबार राती हाम फालेका थिए । घाईते भएका तामाङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाले पुष्टि गरेको छ ।
आईसोलेसन व्यवस्थापन समितिका संयोजक पुष्पाराज तिमिल्सिना र जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिकले संयुक्त प्रेसवक्तव्य जारी गरी उक्त घटनाको पुष्टि गरेका छन् ।

घटना पश्चात त्याहाँको अवस्था सामन्य रहेको तथा आईसोलसन केन्द्रमा उपचार प्रक्रिया निरन्तर चलिरहेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताए । कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि अग्र पंक्तिमा खटिईएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतलाई कर्मचारीको मनोबल उच्च राखी कोभिड माहामारी विरुद्व लड्न सहज वातावरण बनाउन समेत संयुक्त प्रेस वक्तव्यमा भनिएको छ ।
जुगल गाउँपालिकाका अनुसार कोभिड संक्रमित भएर आईसोलेसनमा भर्ना भएका मृतक तामाङको स्वास्थ्य अवस्था सुधार भईरहेको थियो । उनी के कारणले हामफालेर आत्महत्या गर्न पुगे भन्ने कुरा भने अझै खुल्न सकेको छैन् ।
रत्नराज्य चनौटेमा जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको संयुक्त लगानीमा आईसोलेसन निर्माण गरिएको हो ।