गाउँ–गाउँमा स्वास्थ्य सामग्री बाँढ्दै उद्योग वाणिज्य संघका सचिव गुभाजु

जेठ १९, पाङताङ (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका सचिव ईश्वर गुभाजु यतिबेला स्वास्थ्य सामग्री बोकेर गाउँ–गाउँ पुगेका छन् ।
कोरोना माहामारीको बेलामा आफ्नो समेत स्वास्थ्यको प्रवाह नगरी जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर उनी गाउँमा पुगेका हुन् ।
जुगल गाउँपालिका पाङताङमा जन्मिएका गुभाजु यस अघि पनि सामाजिक काममा क्रियासिल थिए । केही महिना अघि भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनमा सचिव भएसंघै सामाजिक काममा उनी झन बढि सक्रियता देखिएको पाङताङका एक स्थानीयले सिन्धुज्वालालाई बताए । \

जुगल गाउँपालिका भरी सर्वसाधारण जनतालाई आफुले ३० हजार मास्क लगाएत स्वास्थ्य सामग्री सहयोग गरिएको उद्योग वाणिज्य सचिव गुभाजुले बताए । ‘यतिबेला जनता बचाउने कुरा नै प्रधान हो’, गुभाजुले भने । व्यक्तिगत रुपमा सहयोग पु¥याएका गुभााजुका अनुसार उनले मंगलबार जुगल गाउँपालिका–३ गुम्बामा ६ हजार थान, जुगल–२ गोल्चेमा ५ हजार ८ सय थान, जुगल–४ पाङताङमा ३ हजार ५ सय थान, जुगल–५ बराम्चीमा ३ हजार ५ सय, जुगल–१ सेलाङमा २ हजार ६ सय थान, जुगल –७ याङलाकोटमा ३ हजार ६ सय र जुगल –६ हगाममा २ हजार ६ सय थान मेडिकल मास्क लगाएत स्वास्थ्य सामाग्री स्थानीयलाई सहगोग गरिएको हो ।
स्मरण रहोस गुभाजुले एक साता अघि मात्रै नेपाल पत्रकार माहासंघ सिन्धुशाखालाई कोभिड–१९ पत्रकार महासंघ राहत कोषमा १५ हजार सहयोग प्रदान गरिसकेका छन् ।