सिन्धुपाल्चोकका विद्यालय तहका सबै परिक्षा स्थगित

१५ वैशाख, चौतारा । सिन्धुपाल्चोक विद्यालय तहका सबै परिक्षा स्थगित भएको छ । आज सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यस्थापन तथा उद्वार समिति (डिसिसिएमसि) को वैठकको निर्णयले कोभिड–संक्रमण बढ्ने खतरा भन्दै माध्यामिक तहका सबै परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । भोली वैशाख १६ गतेबाट गर्ने भनिएको सबै तहको परिक्षा स्थगित गरिएको सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । उनका अनुसार भोलीबाट गर्ने भनि तय गरिएको परिक्षको तयारी कोभिड–१९ को कारणले अन्य सबै विद्यालय तहको परिक्षा अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको हो ।
बैठकमा कोभिड–१९ विरुद्वको सचेतना अभियान प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयबाट सूचनामुलक सन्देशहरु तयार गरी स्थानीय सञ्चारमाध्यमहरुमा प्रचार तथा प्रशासरण गर्ने स्थानीय तहबाट सूचना, पम्प्लेट सचेतना अभियान व्यापक बनाउने सायक प्रजिअ खनालले बताए ।
त्यस्तै सार्वजकि यातायातका साधनहरु जनस्वास्थ्यका माध्यम सञ्चालन गर्न लगाउने लगाएतका निर्णय गरिएकोे उनले बताए ।
त्यसैगरी जिल्ला भित्र सञ्चालन हुने भेला सम्मेलन लगाएतका कार्यक्रमहरु समेत नगर्न समेत कडाई गरिने खनाललले बताए ।