आयोजनामा देखियो चरम लापरबाही, निर्माणको एकवर्ष नपुग्दै भत्कियो बाँध

पौष २३, चाकु (सिन्धुपाल्चोक) । राष्ट्रिय गौरवको आयोजना मध्येभोटेकोशी जलविद्युत आयोजना (१०२) निर्माणमा चरम लापरबाही देखिएको छ । कमजोर गुणस्तरका कारण मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ ।
भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना कमसल बनाउँदा बाँधको स्पिल–वे (पानी बग्ने भाग) भत्केको स्थानीयले बताएका छन् । चाकुका स्थानीय ईन्द्रबहादुर श्रेष्ठका अनुसार लकडाउनकै बीच गत चैत–वैशाखमा बाँधको निर्माण गरिएकोमा अहिले संरचनाको ठाउँ–ठाउँमा भ्वाङ परेको छ भने ढलानभित्र राखिएका फलामका रड बाहिर निस्केका छन ।

भोटेकोशीको पानीलाई डाइभर्सन टनेलबाट अर्को बाटो पठाएपछि गत साता स्पिल–वे भत्किएको दृश्य सजिलै संग देख्न सकिने श्रेष्ठले बताए । ‘पानीले खियाएको रड बाहिरबाटै सजिलै देख्न सकिन्छ’, श्रेष्ठले सिन्धुज्वालासंग भने । उनका अनुसार निर्माणमा चरम लापरबाही भएसंगै स्थानीयले नै देखेपछि घटना सजिसार्वजनिक भएको हो । बाँध निर्माणसम्बन्धी विद्युत् प्राधिकरणका विज्ञहरू का अनुसार स्पिल–वेको संरचना बनाएको एक वर्ष नपुग्दै भत्किनु कमगुणस्तर सामग्री राखिएका कारण भएको छ । बाँधमा पानी निकासका लागि बनाइएको एक प्रकारको संरचना स्पिल–वे हो । जसमा पानी, ढुंगा र बालुवाको बढी नै प्रेसर पर्दर्छ ।

चिलिमे जलविद्युत् कम्पनीको मोडेलमा सात वर्षअघि सिन्धुपाल्चोकमा सुरु भएको उक्त आयोजनाका लागि आठ अर्बभन्दा बढी खर्च भइसकेको छ । तर ६० प्रतिशत भन्दा माथि काम हुन सकेको छैन् । कुल लागत १२ अ्र्ब (संशोधित) रहेपनि आयोजना लम्बिदा अहिले कुल लागत १५ अर्ब पुग्ने भएको छ । आयोजनाको संरचना निर्माणका क्रममा रड, सिमेन्ट, गिट्टी, बालुवा, रसायन पदार्थलगायतका वस्तुको प्रयोग घटाएर गुणस्तर कमजोर बनाएबापत करोडौं खर्च गर्ने ठेकेदारको प्रस्तावसहितको अडियो रेकर्ड एक महिनाअघि सार्वजनिक भएको थियो । उक्त रेकर्डमा बाँध निर्माणका क्रममा गुणस्तरहीन र कम परिमाण सामग्री प्रयोग गर्ने विषयमा पनि छलफल भएको अडियो सार्वजनिक भएको थियो । रेकर्डअनुसार भोटेकोसी कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनीका दोभासे गोविन्द पौडेल र आयोजनाका प्राविधिकबीच भएको रकम लेनदेनसम्बन्धी कुराकानी सुन्न सकिन्छ । दोभासे पौडेलले काफ्लेलाई आफूले भनेअनुसार काम गरेमा दुई करोडसम्म उपलब्ध गराउने प्रस्ताव गरेका छन । ठेकेदार, परामर्शदाता र काफ्लेले गरेको कुराकानीको रेकर्डमा आफूहरूको योजनामा आयोजनाका तत्कालीन प्रमुख सुनीलकुमार लामा बाधक भएको विवरण पटक–पटक बताइएको छ । लामालाई कोड भाषामा ‘हेलमेट’ नाम राखिएको छ । लामा सात वर्षदेखि आयोजनामा कार्यरत थिए । हेलमेटको अर्थ काममा बाधा पु¥याउने वा छेक्ने अर्थ लगाइएको छ । लामालाई भने अहिले हेडक्वाटरमा सरुवा गरिएको भनिएपनि कारबाही गरिएको हुनसक्ने आयोजनाको एक कर्मचारीले सिन्धुज्वालालाई बताए । तत्कालिन आयोजना प्रमुख (सिईओ) लाई बर्खास्त गरेर सुभाष मिश्रलाई ल्याईए पनि कुनै छानबिन भने हुन सकेको छैन् ।

तत्कालीन प्रमुख लामाले निर्माण संरचनाको गुणस्तर कमजोर भएको लिखित विवरण यसअघि पटक–पटक भोटेकोसी कम्पनीलाई दिए पनि बेवास्ता गरिएको बताउँदै आएका छन । उनले अडियो रेकर्ड पनि ६ महिनाअघि नै सञ्चालक समितिलाई उपलब्ध गराएका थिए । तर कारबाही नभएपछि स्थानीय सरोकार समितिले सार्वजनिक गरेको हो । आयोजनाको विषयमा छानबिन गर्नुको साटो सञ्चालक समितिले तत्कालीन सीईओ काफ्ले र आयोजना प्रमुख लामालाई जागिरबाटै हटाएको छ । कारबाहीस्वरूप आयोजना प्रमुखबाट हटाउने निर्णयको लिखित जानकारी तीन साताअघि नै लामालाई दिइएको छ ।

लामाले जसले अनियमितता छानबिनको माग ग¥यो, समितिले उसैलाई हटाउने निर्णय गरेको बताए । ‘मैले गल्ती गरेको भए छानबिन हुनुपर्छ,’ उनले भने, लामाले कामको गुणस्तर नभएको भन्दै ठेकेदारलाई दिने भुक्तानीका सम्बन्धमा प्रश्न उठाउँदै आएका थिए । आयोजना स्थानीय सरकोकार समिततिका संयोजक बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा जसले कारबाहीको माग ग¥यो, उसैलाई हटाउनु गलत भएको बताए । उक्त कदमले सञ्चालक समितिमाथि नै प्रश्न खडा भएको उनले बताए ।
अनियमिताको अडियो टेप तथा कम गुणस्तर काम हँुदा समेत आयोजनाको बोर्ड भने चुपचाप बसेको छ । बोर्ड नै अनियमितामा लागेको हुन सक्ने प्रभावितहरुको आरोप छ । आयोजनामा २४ करोड शेयर हालेका जनता भने निकै चिन्तित देखिएका छन् ।