नेकपा पार्टी कार्यालय उदघाटन संगै सयौं कार्याकर्ता पार्टी प्रवेश

पुष ११, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाह्रबिसे नगरपालिका नेकपा वडा नं २ पार्टी कार्यालय उदघाटन गरिएको छ । सो पार्टी कार्यालय उद्घाटन संगै अन्य पार्टीबाट नेकपामा सयौं कार्यकर्ता प्रवेश गरेका छन् ।
पूर्व कानून मन्त्री तथा सांसद शेर बहादुर तामाङ द्धारा बाह्रबिसे नगरपालिका नेकपा वडा नं २ पार्टी कार्यालय उदघाटन भएको हो ।
बाह्रविसे नगरपालिकाको दुरमथली आयोजित नेकपाको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसबाट तत्कालिन घोर्थली गाविसबाट अध्यक्षमा निर्वाचीत साङगे शेर्पा सहित सयौं कांग्रेस कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ,बाह्रविसे नगरपालिकाका मेयर एवम नेकपा नेता निमफुञ्जो शेर्पा लगायत नेकपाका नेताहरुले स्वागत गरेका थिए ।
केन्द्रमा नेकपा विभाजन भएपनि गाउँ तहमा भने नेकपा अझै एक ढिक्का रहेको आफुले पाएको नेकपा केन्द्रीय सदस्य तामाङले बताए । ‘हाम्रो पार्टीमा विभाजन छ तर अहिले पनि बस्ती बस्तीमा नेकपा प्रतिको आर्कषणमा कुनै कमि देखिएन ।’ तामाङले भने । कांग्रेसबाट निर्वाचित पुर्व गाविस अध्यक्ष लगायतका कार्यकर्ताहरु अहिलेको संकटपुर्ण अवस्थामा पनि नेकपामा प्रवेश गर्ने खबर पाएकाले आफु अन्य कार्यक्रम छाडेर घोर्थलीमा आएको तामाङले बताए ।
बाह्रविसे नगरपालिकाका मेयर एवम नेकपा जिल्ला नेता निमफुञ्जो शेर्पाले अहिले पनि धेरै गाउँहरुबाट नेकपामा प्रवेश गर्नेहरुको सूची आफुहरुसँग लामो भएको बताए । ‘हामी अब निरन्तर यस्ता कार्यक्रम लिएर बस्ती बस्तीमा जान्छौ र नेकपामा केही नभएको सन्देश दिन्छौ ।’ मेयर शेर्पाले भने । पार्टी विभाजन भएपनि सिन्धुपाल्चोकमा त्यसले कुनै समस्या नहुने मेयर शेर्पाले दाबी गरे ।सो कार्यक्रममा प्रमुख अतिथि पूर्व कानून मन्त्री तथा संसद शेर बहादुर तामाङ , विशेष अतिथि बाह्रबिसे नगर प्रमुख निम फुन्जो शेर्पा, नेकपा जिल्ला कमिटी सदस्यहरु, युवा सदस्यहरु तथा स्थानियको सहभागितामा बाह्रबिसे नगरपालिका नेकपा वडा नं २ पार्टी कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रम संम्पन्न भएको हो ।