
पूर्व कानुनमन्त्री तामाङद्वारा अग्नि पीडितलाई राहत वितरण

मंसिर १८, थाङपलधाप (सिन्धुपाल्चोक) । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा भएको आगोलागी पीडितलाई राहत वितरण गरिएको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का संघीय सांसद एवम पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले आगलागीबाट ध्वस्त भएका ६ घरधुरी पिडित परिवारलाई राहत हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ७ मा मंसिर १ गते र ३ गते भएको आगोलागी भएको थियो ।
आगलागीमा सोहीका माईला तामाङ, काईला तामाङ र रामसिं योन्जन लगाएत आगलागीका पिडितहरुलाई घटनास्थलमा नै पुगि सांसद तामाङले संकलित नगद तथा जस्ता पाता वितरण गरिएको नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार पीडितलाई विभिन्न व्यक्तिहरुबाट संकलित रकम एकलाख ७ हजार र १० बण्डल जस्ता हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा जनजाती नेता लायुर लामाको पहलमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट ५० हजार संकलन भएको थियो ।
त्यस्तै पीडितका लागि स्थानीयबाट संकलन गरिएको २७ हजार बाट १० बन्डल जस्ता खरिद गरि हस्तान्तरण गरिएको सांसद तामाङका स्वकीय सचिब निर्मल बन्जाराले बताए । स्थानीयबाट संकलित रकम वडा नं ७ का वडा अध्यक्ष सार्कि तामाङको पहलमा स्थानीय नेताहरु मदन गुरुङ, नारायण गुरुङ र ईन्द्रावतिका नेकपा नेता उत्तम बानियाँ लगाएतले सहयोग गरेका हुन् । उक्त राहत हस्तान्तरण कार्यक्रममा नेकपा प्रदेश कमिटि सचिबालय सदस्य चन्द्र बहादुर थापा, पालिका कमिटि ईन्चार्ज फुर्पा स्याङ्बो, वडा अध्यक्ष सार्कि तामाङ, स्थानीय नेताहरु मदन गुरुङ, नारायण गुरुङ, राजेन्द्र गुरुङको समेत उपस्थिति रहेको थियो । त्यस्तै वडा नं ५ गुन्सामा भएको राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष काले गोले, वडा सदस्य पदम तामाङ, युबा संघ नेपालका जिल्ला कमिटि सदस्य कृष्ण थिंङ लगायतको उपस्थिति रहेको थियो ।