रत्नपार्कमा खाना खुवाउने संस्थाको प्रतिश्पर्धा, सर्वसाधारणलाई कोरोना संक्रमणको पिर छैन खानकै पिरलो

भदौ २७, काठमाडौं । राजधानीको मुटु मानिने काठमाडौंको रत्न पार्कमा बिहान १० नबज्दै दैनिकी सयौंको संख्यामा सर्वसाधारण थुप्रिएका हुन्छन् । बसपार्कको भुईमा थचक्क लाईनमा बसेका सर्वसाधरण न कुनै यातायातको सवारी साधन कुरेका हुन् न कुनै अन्य कामका लागि । बरु उनीहरु एकछाक खानकै लागि त्याहाँ जम्मा भएका हुन् । काठमाडौंमा बसेर ज्याला मजदुर गर्ने मजदुर, अशक्त तथा वृद्ववद्वाहरु करिब एकमहिना देखि बिहान बेलुका रत्नपार्कमै हुन्छन् । उनीहरुलाई विभिन्न संघसंस्थाहरुलाई खानेकुरा ल्याईदिएका हुन्छन् । कोरोना माहामारीको बेलामा संक्रमणको प्रवाहा नगरी खानकै लागि दैनिक सयौंको संख्यामा रत्नपार्कमा भिडभाड हुने गरेको छ । उनीहरुलाई खान खुवाउन एकदर्जन बढी संघसंस्थाहरुको प्रतिश्पर्धानै हुने गरेको छ । सहयोग गर्ने संघ संस्थाहरुले बिहान १० बजेदेखि एकघण्टाको फरकमा खानेकुरा ल्याईदिने गरेको एक सर्वसाधारणले बताए ।
‘८÷१० वटा संस्थाले खानेकुरा ल्याईन्छिन्’, डल्लुका ७० वर्षीय ति वृद्वले भने,‘ कोरोनाको डर भन्दा पनि बाँच्नकै पिरलो भो ।’ संस्था पिछ्छेका फरक फरक खानेकुरा आउने गरेको उनीहरुले बताएका छन् । प्राय संस्थाले प्याकिङ गरेर भात तरकारी ल्याईदने गरेको उनले सुनाए । स्वास्थ्यको मापदण्ड अपनाएपनि सर्वसाधारणको भिड ज्यादै देखिन्छ । कुनै संस्थाले खान ल्याईदिएको सूचना पाउनै बित्तिकै एकपटक हुलहुज्जतै हुने गरेको त्याहाँ उपस्थित एक स्थानीयले बताए । तर संघ संस्थाहरुले स्वास्थ्य मापदण्ड अपनाएरै सर्वसाधारणलाई खाना खुवाउने गरेको बताएका छन् । यो अभियान लकडाउनको चौथो दिनदेखि सुरुवात गरिएको सर्वसाधारणलाई खाउन खुवाउन जुटेको मध्यको एक संस्था शान्तीसेवा गृहका कार्यक्रम संयोजक विजेन्द्र कुँवरले बताए । हिमानी ट्रष्ट र शान्तीसेवा गृहको संयुक्त लगानीमा सर्वसाधारणलाई खाना खुवाईएको उनले बताए । काठमाडौंका विभिन्न ठाउँमा गरी ४ हजार ५ जति सर्वसाधारणलाई खाना खुवाउने गरेको उनले बताए । संस्थाले बिगत देखि सर्वसाधारणको लागि गाँसबास, स्वास्थ्य र शिक्षा निशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । भूकम्प तथा माहामारीको बेलामा संस्थाले नेपाल सरकारको निर्देशन र समन्वयमा सर्वसाधारणलाई सहयोग गर्ने गरिएको उनले बताए । ज्याला मजदुरीको भरमा बाँचेका सर्वसाधारणलाई यस किसिमको सहयोग गरिएको उनले बताए ।