पाँचपोखरीमा सामाजिक सुरक्षाभत्ता बैँकिङ प्रणालीबाट

देवराज सुवेदी
सिन्धुपाल्चोक, २३ भदौ
जिल्लाका १२ स्थानीय तह मध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ । गाउँपालिका र मेगा बैंक लिमिटेड पाँचपोखरी शाखाबीचआजसो सम्झौताभएको हो । गाउँपालिका र मेगा बंैक बीच विद्युतीय प्रणाली अनुसार सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति २०७४ को अनुसूची ४ र सो बमोजिम शर्त मान्य हुनेगरी आर्थिक बर्ष २०७७÷०७८ देखि ०७९÷०८० सम्म तीन बर्षको लागि बैँकसगं सम्झौता भएको हो । गाउँपालिका प्रमुख टासी लामा, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र मेगा बैक लि पाँचपोखरी शाखाका प्रबन्धक चतुरप्रसाद भट्टराईबीच सम्झौता कार्य सम्पन्न भएको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लामाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरीक, एकल, अपाङ्ग, असाहय, अतिअशक्त ब्यक्तिहरुलाई सरल र सहज ढंगबाट बैंकले भत्ता वितरण गरिदिनु पर्ने बताए ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सामाजिक सुरक्षा भत्ता वितरणमा चुस्त दुरुस्त ढंगबाट सरकारले चालेका कदम नियम अनुसार पालिकाले जनता माझ सेवा प्रदान गर्ने बताए ।
त्यसैगरी सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भट्टराईले जिल्लाकै विकट मानिने पाँचपोखरी थाङ्पाल गाउँपालिका क्षेत्रमा बैँकिङ प्रणाली मार्फत सेवा दिन पाउँदा खुसी व्यक्त गर्दै जनतामाझ सरल सहज ढंगबाट सेवा प्रदान गर्न बैँकले महत्वपूर्ण भुमिका खेल्ने प्रतिवद्वता जनाए ।