´हामी लिदी पीडितका लागि क्षणिक सहयाेग गर्न मात्रै अाएका हाेईनाै`-मन्त्री दुलाल

बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले बासखर्कमा बसेका लिदीका पहिराे पीडितलाई क्षणिक सहयाेग गर्न मात्रै नगएकाे बताएका छन् । अाज बासखर्कमा पीडितकाे लागि राहत सामग्री वितरण गर्न पुगेका मन्त्री दुलालले पहिराे पीडितसंग भने, ´हामी तपाईहरू संग क्षणिक सहयाेगकाे लागि मात्र अाएका हाेईनाै नत भेटघाटका लागि मात्रै अाएका हाै` । मन्त्री दुलालले थपे, ´हामीले तपाईहरूकाे समस्या दृघकालिन र अल्पकालीन गरि दुईचरणमा समाधान गर्न लागेकाे छाै ।` लिदीकाे समस्या समाधानका लागि तीनै तहका सरकार लागि परेकाे बताउदै मन्त्री दुलालले स्थानीय पीडित जनताकाे साथसहयाेग समेत अाबश्यक रहेकाे अाैंल्याए ।

अल्पकालिन हिसाबले पीडितलाई खानपिनकाे व्यवस्थापन र दृघकालिन हिसाबले पीडितलाई स्थायी बसाेबास र राेजगारी सिर्जना अावश्यक रहेकाे उनले अाैल्याए । बासखर्कमा रहेकाे बसाईलाई नितान्त अस्थाईकाे रूपमा बुझ्न अाग्रह गर्दै मन्त्री दुलालले लिदी पहिराे पीडित जाहाँ बसेपनि एकीकृत भएर बस्नु पर्ने धारणा राखे । लिदीबासीकाे लागि सभामुख देखि केन्द्रीय सरकारका मन्त्री , प्रदेशका मुख्यमन्त्री लगाएत तीनै तहका सरकारकाे ध्यान खिचिएकाे उनले बताए । लिदीमा पहिराे गएकै दिनदेखी अाफु समेत राहत र उदारमा खटिएकाे स्मरण गर्दै मन्त्री दुलालले बासखर्कमा अस्थायी बस्ती स्थान्तरण गर्न समेत अाफुले सुझाएकाे स्पष्ट पारे । होप एयरलाइन्स, होपमिन फ्यामेली, बिभिन्न ब्यक्तिहरुको सहयोग तथा वाङचुक राप्तेन लामा स्वास्थ्य कर्मी, समाजसेवीको संयोजनमा सेलाङ बासखर्कमा रहेका लिदि पहिरो बिस्थापितकाे लागि मन्त्री दुलालकाे उपस्थितिमा राहत वितरण गरिएकाे हाे । पीडितलाई राहत सामाजिक विकास मन्त्री दुलालले गरेका थिए ।

१७२ घर दुरीलाई प्रति घर चामल २५ केजी, दाल ५ केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २ केजी, चिया पत्ती १ प्याकेट बितरण गरिएकाे थियाे ।