मेलम्ची नगपालिका र काठमाडौं विश्वबिद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर

भदौ १९, मेलम्ची (सिन्धुपाल्चोक) । काठमाडौं विश्वविद्यालय मेलम्ची नगरपालिका बिच आपसि सहयोग स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार काठमाडौं विश्वविद्यालयले मेलम्ची नगरपालिकाको समग्र र दिगो विकासको लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिका संगको साझेदारीमा शैक्षिक गुणस्तर सुधारको लागि अनुसन्धान गर्ने तथा नगरको समग्र विकासको लागि आवश्यक अल्पकालिन एंब दिर्घकालिन परामर्श सेवा उपलव्ध गराउने छ ।
समझदारी पत्रमा काठमाडौं उपकुलपति प्रा.डा. रामकन्ठ मकाजु श्रेष्ठ र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन् । यस समझदारीले मेलम्ची नगरपालिकाको शिक्षक तालिम मार्फत सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधार हुने, विशेषज्ञ सहितको स्वास्थ्य सेवा विस्तार हुने, जलाधार संरक्षणमा मद्दत पुग्ने, विपत्त व्यबस्थापनमा सहयोग पुग्ने , स्वरोजगार मुलक सिपयुक्त जनशक्ति उत्पादन हुने तथा वातावरण मैत्री दीगो पुर्वाधार विकासमा सहयोग पुग्ने विश्वास आफुले लिएको मेलम्ची नगरपालिकाका मेयर अर्यालले सिन्धुज्वालाई बताए । समझदारी पत्रमा हस्ताक्षर भएअनुसार छिट्टै नै कार्यान्वयन हुने उनले विश्वास दिलाए ।