
बाेधीसत्वा विहारको सहयोगमा लिदी पहिरोपीडितलाई खाद्यन्न

भदौ ११, बाँसखर्क (सिन्धुपाल्चोक) । बाेधीसत्वा बिहारको सहयोगमा लिदी पहिरो पीडितलाई खाद्यन्न सहयोग गरिएको छ ।
आफ्नो थातथलो छोडेर बाँसखर्क आईपुगेका लिदीका पहिरो पीडितलाई बिहिबार खाद्य सामग्री पु¥याईएको हो । १ सय ५० घरधुरीलाई १ सय ६८ बोरा चामल, दाल, तेल तथा तरकारी लगाएत खाद्य सामाग्री वितरण गरिएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार प्रतिपरिवारलाई २५ किलोको एकबोरा चामल, ३ किलो दाल, २ लिटर तेल नुन, ३ किलो गेडागुडी आलु लगाएत खाद्यन्न वितरण गरिएको हो । कोरोना संक्रमित हुने सम्भावना देखिएकाले खाद्यन्न वितरण सोहीका वडा अध्यक्षलाई एकमुष्ट वितरण गरिएको तामाङले जानकारी दिए । खाद्यन्न वितरण जिल्ला समन्वय प्रमुख र बाेधीसत्वा बिहारको प्रतिनिधी सनु लगाएत सञ्चारकर्मीहरुको उपस्थितिमा भएको हो ।
यसैबीच लिदीबाट आएका पहिरो पीडितको बिहिबारनै पिसिआरको नमूना संकलन गर्ने कार्य सुरु भएको जिल्ला समन्वय प्रमुख तामाङले जानकारी दिए । तरै पिसिआरको नमूना संकलन भने प्रतिनिधि मुलुक गरिने उनले बताए । उनका अनुसार पहिलो चरणमा परिवारको मुख्य व्यक्तिलाई गरिने छ ।