बाढीपहिरो घटनामा युवाहरुको सक्रियता, भोकतिख्रा नभनी उद्दारमा खटिए

२५ असार, बाह्रबिसे (सिन्धुपाल्चोक) । भिषण वर्षासंगै गएराती आएको बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति हुनपुग्यो । जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका यतिबेला स्तब्ध छ ।
गएराती ठिक ११ वजेतिर बाह्रबिसे नगरपालिका बजार क्षेत्र भन्दा माथि जम्बु बजार र खागदल लगाएत चाकु र अन्य खोल्सामा आएको लेदो सहितको बाढीले जम्बु बजारलाई छपक्कै छोप्यो । १४ घर पुरिने गरी आएको बाढीले सो क्षेत्रमा ठूलो जनधनको क्षति हुनपुग्यो । बस्तीमा बाढी पसेर दर्जनौं व्यपत्ता र कोलाहाल मच्चिरहेको अवस्थामा सिन्धुपाल्चोकका युवाहरुले साहास पर्दशन गरेका छन् ।

राष्ट्रिय युवासंघ नेपाल सिन्धुपाल्चोक प्रतिनिधीसभा १ का ईन्चार्ज सुरेनविक्रम योञ्जनको नेतृत्वमा युवाहरु घटना लगत्तै घटनास्थल पुगे । जाँहा पहिरोबाट बाँचेकाहरुको कोलाहल मच्चिएको थियो । आफ्न्त समेत गुमाएका जम्बुका स्थानीयलाई उनीहरुले त्याहाँबाट उद्दार गरेर सुरक्षित स्थान सम्म पु¥याए । त्यसपछि हराएकाहरुको खोजीमा लागे । त्यो क्रममा ३ जना घाईते भेटिएको थियो भने २ जनाको शव भेटिएको थियो । सकस र अनेक व्यवधान झेल्दाझेल्दै स्थानीयहरुको सरसहयोगको लागि युवा संघ र तरुणदलका केही युवहरुले स्वंयमसेवकको भूमिका निर्वाहा गरेको युवासंघका ईन्चार्ज योञ्जनले सिन्धुज्वालालाई बताए । ‘निकै कठिनायी र मुश्किलका साथ हामी उद्वारमा लाग्यौं’, योञ्जनले भने ।

सिन्धुको युवा राजनितिक संस्कार सहितको समाज सेवा आवश्यक भएकाले तरुणदललाई समेत साथ लिएर उद्वारमा खटिएको उनले बताए । आज विहान अवेर सम्म सुरक्षाकर्मी पुग्न सकेको थिएन तर बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको निर्देशन तथा योञ्जनकै पहलमा युवाहरुले रातभरी उद्दारका लागि समन्वय गरेका थिए । युवाहरुको साथमा मेयर शेर्पा समेत साथमा लागेका थिए । त्यसपछि मात्रै सभामुख अग्निप्रसाद सापकोटाका सहितको हेलिकप्टेर घाईतेको उद्वार गर्न घटना स्थल पुगेको थियो । आज विहान ५ वजे देखि नै युवाहरुको टोली जम्बुमा पुगी घाईतेहरुको उद्दार तथा घरबार गुमाएर विचल्लीमा परेकाहरुलाई राहत सहितको आवश्यक व्यवस्थापन गरेको युवा संघका ईन्चार्ज योञ्जनले जानकारी दिए । युवाहरुकै सक्रियताको कारण उद्वार र व्यवस्थापनमा निकै सहज भएको बाह्रबिसे नगरप्रमुख शेर्पाले बताए । ‘युवाहरुको सक्रियता निकै सह्रानीय र प्रशंसायोग्य छ’, मेयर शेर्पाले भने । घटनास्थल उद्वारक्रममा सक्रियतापूर्व खटिएका युवाहरुलाई मेयर शेर्पाले धन्यवाद समेत दिए ।