सिन्धुपाल्चोक उद्योग बाणिज्य संघद्वारा प्रहरीलाई स्वास्थ सामग्री हस्तान्तरण

रबिन दनुवार
जेठ १३ नवलपुर सिन्धुपाल्चोक
सिन्धुपाल्चोको इलाका प्रहरी कार्यालय नवलपुर प्रहरीलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले स्वास्थ सामग्री हस्तान्तरण गरेको छ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरीलाई स्वास्थ सामग्री हस्तान्तरण गरेको हो।

सिन्धुपाल्चोक बाणिज्य संघले एन नाइन्टी माक्स तीन पिस रिल्याक्स माक्स ६० पिस साधारण माक्स १०० पिस गरि जम्मा १६३ पिस माक्स र ह्यान्ड सेनिटाइजर दुई बोतल पि पि ई दुई सेट ह्यान्ड ग्लोब्स दुई प्याकेट जस्ता स्वास्थ सामग्री हस्तान्तरण गरेको प्रहरी निरीक्षक होम प्रकाश चौधरीले सिन्धुज्वालालाई जानकारी दिए।
कोरोना भाइरस( कोभिड १९) रोगले विश्व अाक्रात बनाईरहेको बेला दैनिक जनताको सुरक्षामा खटिरहेको प्रहरीको स्वास्थलाई मध्ये नजर गरि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै प्रहरी निरीक्षक चौधरीले सिन्धुपाल्चोक उद्योग बाणिज्य संघलाई धन्यवाद ज्ञापन गरे।