१३ नम्वर वडाकाे विपद् व्यवस्थापन समितकाे िनर्णय, १० वेडकाे क्वारेन्टाईन निमार्ण

चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ वडाकाे विपद् व्यवस्थापन समितिकाे बैठक अाज सम्पन्न भएकाे छ ।
बैठकले स्थानीय गणेश अाधारभूत विद्यालयमा १० वेडकाे क्वारेन्टाईन वेड निर्माण गरिएकाे १३ नम्वर वडा अध्यक्ष रामप्रसाद गाैतमले सिन्धुज्वालाई बताए ।
नगरपालिकाले मेलचाैरमा निर्माण गरिएकाे क्वारेनटाईनमा बाहिर जिल्लाबाट अाउने व्यक्तिलाई राख्न अपुग हुने देखिएकाेले अाफ्नै वडाभित्र बनाईएकाे उनले बताए ।
अाज बसेकाे विपद् व्यवस्थापन समितिकाे बैठकले वडा सदस्य सानुमुँया थापाकाे संयाेजकत्वमा पाँच सदस्य क्वारेन्टाईन व्यवस्थापन समिति निमार्ण गरिएकाे स्वयमसेवक परिचालन समितिका संयाेजक शुक्रराज प्याकुरेलले बताए ।
वैठकले लकडाउनलाई थप कडाई गरिने तथा मजदुर तथा विपन्न परिवारलाई वडाबाट खाद्यान्न वितरणमा थप व्यवस्थापन गरिने उनले बताए ।
वडाले वडा बाहिर रहेका मानिसलाई वडाभित्र र वडाभित्रबाट बाहिर समेत अावाजजावतमा राेक लगाएकाे नेकपाका वडा अध्यक्ष रामशरण विश्वकर्माले बताए ।
वडाले हाेम क्वारेन्टाईनलाई समेत थप व्यवस्थित गर्ने निर्णय गरिएकाे विवद् व्यवस्थापन समितिका संयाेजक समेत रहेका गाैतमले जानकारी दिए ।