कोरोना संक्रमित युवती भेटिएसंगै सिन्धुपाल्चोकको ३ जना भएको पुष्टि

चौतारा (सिन्धुपाल्चोक) । केही दिन अघि फ्रान्सबाट कामाडौं आईपुगेकी एक नेपाली युवती कोरोना संक्रमित भएको पुष्टि भएसंगै सिन्धुपाल्चोकका ३ जनामा समेत कोरोना संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि भए नभएको भने अझै खुलेको छैन ।
सिन्धुपाल्चोक स्थायी घर भएका रामचन्द्र ढकाल, कर्मा रेन्जिन शेर्पा र शिवप्रसाद नेपाललाई कोरोना संक्रमित भएको हुनसक्ने आशंकमा प्रहरीले खोजविन गरिरहेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेले सिन्धुज्वालालाई बताए । उनका अनुसार रामचन्द्र बलेफी गाउँपालिका वडा नम्बर १, कर्मा रेन्जिन शेर्पा ईन्द्रावती गाउँपालिका वडा नम्बर १ सिम्पालकाभ्रे र शिवप्रसाद पराजुली बलेफी गाउँपालिका वडा नम्बर ८ मांखाका शिवप्रसाद पराजुली रहेका छन् । उनीहरु तीनैजना ढकाल हेटौंडा–१२, शेर्पा काठमाडौं, जोरपाटी र पराजुली स्वयम्भु स्थित नेपाल विद्युत प्राधिकरणको होम क्वाराईन्टाईनमा रहेको प्रनाउ काफ्लेले जानकारी दिए ।
यसैबीच लगडाउन उलंघन गर्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारवाही गरेको छ ।
विश्वभर संक्रमण हुँदै गईरहेको कोरोना रोकथामको लागि १० गते जिल्ला सुरक्षा समिति सिन्धुपाल्चोकको निर्णयले ११ गते देखि लागु गरिएको लकडाउनको आदेश उलंघन गर्नेलाई कारवाही गरिएको प्रनाउ काफ्लेले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय मार्फत दुई दर्जनभन्दा बढी सवारी साधन र एकसयजना भन्दा बढी नागरिकलाई कारवाही गरिएको उनले बताए ।