सुकुटे महोत्सवको अन्तिम तयारीमा, भोलीबाट यसरी हुँदैछ महोत्सव

५ करोडको कारोबार हुने अपेक्षा
उद्घाटनमा दाहाल, समापनमा सापकोटा
सुनकोशीमा जेटबोट र कदमबासमा प्याराग्लाइडिङ
२० हजार मान्छे उतार्ने तयारी
सुकुटे महोत्सव अवधिभर होटल तथा रिसोर्टमा ३० प्रतिशत छुट
जिल्ला तथा केन्द्रका कलाकारद्वारा भव्य साँस्कृतिक कार्यक्रम

फागुन १६, सुकुटे (सिन्धुपाल्चोक) । जिल्लाको सुकुटेमा १७ गते देखि हुने सुकुटे महोत्सवको अन्तिम तयारीमा जुटेको छ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ द्वारा उद्घाटन गरिने सुकुटे महोत्सवको अन्तिम तयारीमा रहेको सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकले जनाएको छ । फागुन १७ देखि २० गते सम्म हुने सुकुटे महोत्सवको तयारी एकसाताकै बीचमा गरिएको सिन्धु पर्यटन व्यवसायी संघका सिन्धुपाल्चोकका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । ’तयारीको लागि छोटो समय भएपनि हामीले युद्वस्तरमा काम गरेका छौं अब अन्तिम तयारी भन्दा हुन्छ‘, अध्यक्ष श्रेष्ठले भने । काठमाडौंबाट ६८ किलोमिटर टाढा रहेको सुकुटे चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० अन्र्तगत पर्दछ । ¥याफ्टिङको लागि प्रख्यात सुकुटे पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएपछि सो क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पहिलोपटक सुकुटे महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार सुकुटे महोत्सवको लागि चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी र सुनकोशी गाउँपालिकाको समेत सहयोग रहेको छ । पर्यटन वर्ष २०२० लाई सहयोग गर्नु महोत्सवको अर्काे उदेश्य भएको अध्यक्ष श्रेष्ठको भनाई छ । ‘सुकुटे महोत्सवमा जाऔं भ्रमण बर्ष २०२० सफल पारौं’ भन्ने मुल नारा तय गरी कार्यक्रममा २० औं हजार मान्छे उतार्ने रणनीतिमा लागेको उनले बताए ।
श्रेष्ठका अनुसार महोत्सव अवधीभर सुकुटे आउने पर्यटकहरुलाई खाना लगायत अन्य सबै सेवाहरुमा ३० प्रतिशत छुट दिने आयोजक तथा रिसोर्ट व्यवसायीहरुको योजना छ । सुकुटे क्षेत्रमा हाल १० वटा सुविधा सम्पन्न रिसोर्टहरु सञ्चालन छन् ।

५ करोडको कारोबार हुने अपेक्षा

महोत्सव अवधीभर दैनिक २५ सय पर्यटकहरुलाई सुकुटे क्षेत्रमा राख्ने गरी तयारी भएको आयोजकले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा ५ करोड बढीको कारोबार गर्ने आयोजकले लक्ष्य राखेको छ ।
सुकुटे क्षेत्रलाई केन्द्रबिन्दु बनाइ यहाँ आउने पर्यटकलाई जुगल हिमाल, भैरबकुण्ड, तातोपानी, ओख्रेनी पाँचपोखरी मुढे लगायतका अन्य पर्यटकीय क्षेत्रहरुमा लैजाने र यस क्षेत्रको प्रचार प्रसार पनि हुने आयोजकको ठम्याई छ । महोत्सवमा स्थानीय उत्पादन र स्थानीय संस्कृति पर्यटन, जलयात्रा र नदि संरक्षण, पर्यटन प्रबद्र्धन र लगानी बिषयलाई बिशेष बहस समेत हुने बताईएको छ ।
उद्घाटनमा दाहाल, समापनमा सापकोटा
प्रथम सुकुटे महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबाट गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड आउने भएपछि सुकुटे क्षेत्रको प्रचार प्रसारमा बढी सहयोग मिल्ने सुकुटे महोत्सव प्रचार संयोजक राजेन्द्र शर्माले जानकारी दिए । महोत्सवको दोस्रो दिन वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपालको सहभागीतामा महोत्सवको बाँकी कार्यक्रमहरु हुने छ भने तेस्रो दिन वाग्मती प्रदेशकै सामाजिक विकास मन्त्री युवराज दुलाल सहभागी हुने कार्यक्रम रहेको छ । महोत्सवको समापन प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।

सुनकोशीमा जेटबोट र कदमबासमा प्याराग्लाइडिङ
सुनकोशी नदीमा साहासिक खेल ¥याफटिङ मात्रै सञ्चालन हुँदै आएपनि सुकुटे महोत्सवको दिनदेखि औपचारीक रुपमा जेट बोट समेत सञ्चालनमा ल्याइने आयोजकले जनाएको छ । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका अन्र्तगत कदमबासबाट व्यावसायीक प्यराग्लाइडिङ समेत सुरुवात हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको अवसरमा जिल्लाका १२ स्थानीय तह, सञ्चारकर्मी र गैरसरकारी संस्था बिच भलिबल प्रतियोगीताको समेत आयोजना हुने छ । महोत्सवमा स्थानीय माझी, तामाङ लगायत समुदायको विभिन्न सास्कृतिक प्रस्तुती तथा जिल्लाका कलाकारहरुले बजेड प्रस्तुती समेत गर्नेछन् ।
स्मरण रहोस सुकुटे महोत्सवकै पूर्व सन्ध्यामा १०, ११ र १२ गते ¥याफ्टिङ तथा क्याकिङ प्रतियोगिता सम्पन्न भईसकेको छ ।