’शत्रुसंग त म लड्छु तर आफ्नै मान्छेहरुबाट फस्ने खतरा देखिरहेको छु‘–सभामुख सापकोटा

दिनेश दुलाल
२५ माघ चौतारा (सिन्धुपाल्चोक) । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफु आफ्नै आन्छेहरुबाट फस्ने खतरा रहेको बताएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् । जिल्ला समन्वय समितिको प्राङ्ग्रणमा आज विहान भएको कार्यक्रममा प्रमुख अतिथि रहेका प्रतिनिधिसभाका सभामुख सापकोटाले यतिबेला मूल्य मान्यता र आदर्श एकपछि अर्को कमाजोर हुँदै गईरहेको बताए ।

कार्यक्रममा उपस्थित समुदायलाई सम्वोधन गर्दै सापकोटाले भने, ’शत्रुसंग त म आफै लड्छु, शत्रुसंग लड्न कुनै कठिनायी छैन्, मलाई आफ्नै मान्छेहरुले नबिगारुन । म आफ्नै मान्छेहरुबाट फस्ने खतरा देखिरहेको छु, ।‘ सभामुख पद सिङ्गो राष्ट्रको साझा सम्पति भएकाले आफु देशभक्त सदाचरमा कहिल्यै सम्झौता नगर्ने उनले उद्घोष गरे । सो विपरित सम्झौता गर्नुपरे जुनसुकै बलिदानी र त्याग गर्न समेत तयार रहेको उनले जिकिर गरे । लोकतन्त्रको विकास नै आफ्नो कार्यभार भएको बताउँदै सभामुख सापकोटाले लोकतन्त्र खस्रोका बोटमुनी बस्ने सर्वसाधारण जनताको लागि हुनुपर्ने उनले जोड दिए ।

आफुलाई सभामुख पदमा पु¥याउनको लागि सबभन्दा ठूलो योगदान सिन्धुपाल्चोकका जनताले गरेको सहयोग अतुलनीय रहेको उद्घोष गर्दै सापकोटाले भने, ’हामी निम्न स्तर जनताको जीवनस्तर माथि उठाउन सक्छौं की सक्दैनौ ?‘ । सिन्धुपाल्चोकका मुख्य तीनवटा करिडोर चौतारा, बाह्रबिसे र मेलम्चीलाई समानताका आधारमा विकास गर्न चुनौति रहेको बताउँदै सापकोटाले आफुले सकेको योगदान गर्ने बचन दिए । सिन्धुपाल्चोकलाई पहिचान दिने ’भूकम्प स्मारक‘ निर्माणमा ढिलाई भएको प्रति गहिरो चिन्ता व्यक्त गर्दै सभामुख सापकोटाले भूकम्प स्मारक निर्माणमा गतिशिलता ल्याउन उनले जिल्लाका जनप्रतिनिधिहरुलाई विशेष आग्रह गरे । कार्यक्रममा २ नम्वर प्रतिनिधिसभाका सांसद शेरबहादुर तामाङ, पूर्व सांसद सुभाष कर्माचार्य, नेकपाका केन्द्रीय सदस्य माधप सापकोटा, जिल्ला अध्यक्ष झम्क नेपाल, नगरप्रमुख अमानसिं तामाङ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगाएतले सभामुखलाई वधाई दिएका थिए ।

कार्यक्रममै सभामुख सापकोटालाई जिसस, नेकपा सिपा, गैससमहासंघ लगाएतबाट अभिनन्दन् गरिएको थियो ।
राजनैतिक दलका प्रमुख, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुखहरु लगाएत उल्लेख्य जनताको सभागिताले सभामुख सापकोटालाई भव्य स्वागत गरिएको थियो ।