बाल दिवस सन्दर्भमा जिल्लाभर कार्यक्रम

बाह्रबिसे । बाल दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारहरुले छुट्टाछुट्टै कार्यक्रम गरेर मनाएका छन् । जिल्लाका १२ स्थानीय सरकारले नै जिल्लाका विभिन्न स्थानमा बाल दिवसमा चेतनामुलक कार्यक्रमहरु गरी मनाएका हुन् ।
चौतारा साँगाचोकगढी, बाह्रविसे र मेलम्ची नगरपालिकाले नगरस्तरीय र अन्य गाउँपालिकाहरुले पालिकास्तरी बालबालिका सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेका हुन् । ति बाहेक विद्यालय र विभिन्न बाल क्लबहरुले समेत बाल दिवसमा विभिन्न कार्यक्रमहरु गरेका थिए ।
बाल दिवस २०७६ को अवसरमा बाह्रविसे नगरपालिकाले नगरपालिका भरका विद्यालयका मावि तहका विद्यार्थीहरु बीच नगर स्तरीय वादविवाद कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै विद्यालय स्तरी नृत्य प्रतियोगीता समेत आयोजना गरेको थियो ।
बाह्रविसे नगरपालिका समृद्धिको आधार कृषि कि ? पर्यटन ? भन्ने विषयमा आयोजना गरिएको वादविवाद प्रतियोगीतामा केतु बोर्डिङका सुवास सापकोटा प्रथम भएका थिए । त्यस्तै कालिदेवी माविकी लक्ष्मी शेर्पा द्धितीय र शारदा माविकी सुरक्षा बस्नेत तृतिय भएकी थिइन । वादविवाद प्रतियोगतीमा नगर भित्रका ११ विद्यालयको सहभागीता रहेको थियो ।
विद्यालय स्तरीय नृत्य प्रतियोगीतामा प्राइभेट प्याराडाइज माविका विद्यार्थीहरु पहिलो भएका थिए भने सुनकोशी माविका विद्यार्थी समुह द्धितीय भएका थिए । केतु बोर्डिङ स्कुल बाह्रविसेका विद्यार्थी समुह तितृय भएका थिए ।
कार्यक्रममा प्रदेश ३ उद्योग,पर्यटन,वन तथा वातवरण मन्त्री अरुण नेपालले विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेकपाका नेता सरल सहयात्री पौडेल र उपप्रमुख सुशीला पाख्रिनले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।