सिन्धुपाल्चोकमा एक करोड बराबरको अवैध सामाग्री बरामद

चैत्र ३० -२०८२), खाडीचौर । सशस्त्र प्रहरी बलद्वारा सिन्धुपाल्चोकमा एक करोड बराबरको अवैध सामाग्री बरामद भएको छ । जिल्ला सिन्धुपाल्चोक बलेफि गाउँपालिका–८ स्थित बेशबाट आई.डि.नं.२१८९ का सशस्त्र प्रहरी नायब उपरीक्षक सियाराम चौधरीको कमाण्डमा खटिएको चेकपोष्ट टोलीले बाह्रबिसेबाट खाडिचौर तर्फ आँउदै गरेको ना.३ ख ५१४० नम्बरको डब्बा भ्यान चेकजाँच गर्ने क्रममा बिल बिजक र भन्सार प्रज्ञापन […]
पर्यटकीय नगरी सुकुटे करिडोरमा सरसफाई अभियान सुरु, बन्देउ देखि बलेफी सम्म आकार्षक बनाइने (फोटो फिचर सहित)

दिनेश दुलाल चैत्र २८ -२०८२), सुकुटे । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटे करिडोरलाई सफा र आकर्षक बनाउन बन्देउदेखि बलेफीसम्मको सडक खण्डमा सरसफाई अभियान सुरु गरिएको छ । सुनकोशी नदी किनारको यस क्षेत्रमा फोहोर बढेपछि नदी तट र सडक आसपासको क्षेत्र सफा पारी पर्यटक आकर्षण गर्ने उद्देश्यले यो पहल गरिएको हो । बन्देउदेखि बलेफी सम्म गरिने सरसफाई […]
अरनिको यातायाता समितिद्वारा पहिलोपटक तीन देशीय रात्रीकालिन बस सञ्चालन गरिदै

दिनेश दुलाल चैत्र २८, काठमाडौं । यातायात क्षेत्रमा राम्रो नाम चलेको अरनिको यातायात समितिले पहिलोपटक तीन देशीय रात्रीकालिन बस सञ्चालन गर्ने भएको छ । गत साल कर्णाली प्रदेशको रुकुम पश्चिममा आफ्नो बस सेवा सुचारु गरेको समितिले यसपटक छिमेकी मुलक चीन र भारतलाई यातायात सेवा मार्फत जोड्ने गरी रात्रीकालिन बस सञ्चालन गर्न लागिएको हो । सुरक्षित […]
अनुदानमा आएको रासायनिक मलको अवैध बिक्री, ४९६ बोरा बरामद

चैत्र २७, बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफीमा अनुदानमा आएको रासायनिक मलको अवैध बिक्री भेटिएको छ । रासायनिक मलको अवैध बिक्री गरिएको ४९६ बोरा बरामद गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा अनुदानित रासायनिक मल अवैध रूपमा बिक्री वितरण भइरहेको अनुगमनका क्रममा भेटिएको हो । प्रमुख जिल्ला अधिकारी […]
रेडलाइन क्षेत्रमा विस्फोट र वन फँडानी नगरेको ब्रह्मायणी हाइड्रोको दावी

चैत्र २७, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका निर्माणधिन ब्रह्मायणी हाईड्रोपावरले रेडलाइन क्षेत्रमा विस्फोट र वन फँडानी नगरेको दावी गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको रेडलाइन क्षेत्रमा हाइड्रोपावरद्वारा विस्फोट र वन फँडानी भनेर आएको हल्ला मिथ्या भएको ब्रह्मायणी हाईड्रोपावरको दावी छ । हाईड्रले नियम अनुसार नै काम गरेको आयोजना प्रमुख श्याम बजगाँईले सिन्धुज्वालालाई बताए । …हामीले […]
कराते खेलाडी अञ्जलीको उपचारमा सहयोग गर्नेको ओइरो, लाखौं सहयोग जुट्यो

चैत्र १७, काठमाडौं । लामो समयदेखि मृगौला फेल भएर उपचारर्थ सिन्धुपाल्चोककी कराते खेलाडी अञ्जली श्रेष्ठको उपचारमा सहयोग गर्नेहरुको ओइरो लाग्न थालेको छ । उपचारमा आर्थिक समस्या झेलिरहेका खेलाडी श्रेष्ठलाई लाखौंको सहयोग प्राप्त भएको कराते एशियन ग्यामका प्रशिक्षक ठूलोसिरुवारी निवासी गंगा श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहिबार सम्म अञ्जलीको उपचारको लागि सहयोगार्थ २३ लाख भन्दा […]
उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश अध्यक्षमा बेदबहादुर श्रेष्ठ निर्वाचित

चैत्र २४ -२०८२), काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश कमिटीको नवौँ प्रदेश सभाअन्तर्गत मंगलबार भएको निर्वाचनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । निर्वाचित भएलगत्तै श्रेष्ठले पारदर्शी र उत्तरदायी नेतृत्वको लागि आपूmले अघि सारेको नौ बुँदे […]
मेलम्ची–१० मा शिक्षामा ऐतिहासिक फड्कोः कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम लागू हुने

चैत्र २३, मेलम्ची । मेलम्ची नगरपालिका–१० मा शिक्षा क्षेत्रलाई आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यसहित महत्वपूर्ण तथा ऐतिहासिक निर्णयहरू गरिएको छ । आइतबार हिरादेवी आधारभूत विद्यालयमा सम्पन्न वडा शिक्षा समिति मेलम्ची–१० को बैठकले शैक्षिक सुधारका लागि बहुपक्षीय निर्णयहरू पारित गरेको हो । बैठकमा वडा अन्तर्गतका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षकहरूको उल्लेख्य सहभागिता […]
प्रगतिशील लेखक संघद्वारा ८ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी सम्पन्न

दिनेश दुलाल चैत्र २१ -२०८२), दोधारा चाँदनी । प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय परिषद् बैठक तथा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी–२०८२ दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ । प्रलेस सुदुरपश्चिम प्रदेश तथा कञ्चनपुर जिल्लाको आतिथ्यतमा चैत २० देखि २१ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम ८ बुँदे दोधारा चाँदनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो […]