[flyup_nepali_date]

इको क्षेत्रको सडक अवरुद्व खुल्यो, दुइमहिना भित्रै काम सुरु गर्ने सहमति

मंसिर २७, तातोपानी । एकसाता देखि कोदारीका स्थानीयद्वारा इको क्षेत्रमा गरेको सडक अवरुद्व आजबाट हटेको छ । कोदारी सडक खण्डको इको क्षेत्रमा रहेको पहिरो नियन्त्रणमा सम्बन्धित सरोकारवालाले बेवास्ता गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए । शनिबार आन्दोलित स्थानीय, जनप्रतिनिधि, सुरक्षा निकाय र ट्रान्सपोर्ट कम्पनी प्रतिनिधिसहित बसेको छलफलले दुइमहिना भित्रै काम सुरु गर्ने सहमति सहित […]

सिन्धुपाल्चोकका स्वास्थ्य शाखाका फोकल पर्सनका लागि PAMS V2 सम्बन्धी दुई दिने तालिम

मेलम्ची – स्वास्थ्यकर्मी हरुका लागिऔषधि तथा औषधिजन्य सामनहरुको सन्चालन सम्बन्धि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली भर्सन २ (PAMS V2) सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा फेयरमेड फाउन्डेसन र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा तालिमको आयोजना गरिएको हो । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य सामग्री […]

पत्रकार महासंघ सिन्धुशाखाले पहिलोपटक मनायो ३४ औं स्थापना दिवस

दिनेश दुलाल मंसिर २५, चौतारा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले ३४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । महासंघ जिल्ला शाखा स्थापना गरेको ३३ वर्ष पूरा भएको अवसरमा सिन्धु शाखाले पहिलोपटक ३४ औं स्थापना दिवस मनाएको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र श्रमजीवि पत्रकारहरुको पक्षमा आवाज उठाउँदै आएको […]

फेरी ओलीको महाजालमा फस्दै देउवा !

दिनेश दुलाल नेपालको राजनीतिमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले सम्मकै खतरनाक खेलाडी मानिन्छन् । भलै दुईदिने जेन–जी आन्दोलनमा उनी सत्ताच्युत भए । तर पनि उनको शान, उनको बोली र उनको रवाफ ज्यँुका त्युँ छ । जेन–जी आन्दोलनमा देउवा दम्पतिले ठूलै हविगत पाए । उनको करोडौं लुटियो र घर सम्पति मात्र जलाइएन उनीहरु दुवैलाई निर्घात […]

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन्दर्भमा चौतारामा लोकगीत प्रतियोगिता सम्पन्न

दिनेश दुलाल मंसिर २४, चौतारा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन्दर्भमा चौतारामा लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । नगर अपाङ्गता समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी सहित संदेशमूलक लोकगीत प्रतियोगिता भएको हो । ‘प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने […]

हाइड्रोलाई समस्या खडा गर्ने बिचौलियाको योजना असफल, स्थानीयसंग सहमति पछि ब्रम्हायणीको निर्माण कार्य सुचारु

दिनेश दुलाल मंसिर २२, चौतारा । मुलुकमा जेन–जी आन्दोलन पछि त्यसको प्रभाव उद्योग, कलकारखाना देखि हरेक क्षेत्रहरुमा परिरहेको छ । यसको ज्वलन्त उदाहरण सिन्धुपाल्चोक जिल्लामा रहेका जलविद्युत आयोजनाहरु हुन । भोटेकोशी गाउँपालिकामा रहेको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना विरुद्व भदौ २५ गते जेन–जी को नाममा स्थानीयले १० प्रतिशत फ्री सेयरको माग राख्दै आयोजना एक महिना बन्द […]

सिन्धुपाल्चोक एमालेको महाधिवेशन प्रतिनिधि छनौट मतदानमा ४० प्रतिशत मात्रै मत खस्यो

मंसिर १३, चौतारा । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । शनिबार भएको मतदान प्रक्रियामा ४० प्रतिशत मात्रै मत खस्यो । ५ हजार ६ सय ४७ मतदाता संख्या रहेको क्षेत्र नम्बर १ मा मुश्किले २०६३ मत खसेको छ । यो कुल मतदाता संख्याको ३६.५३ प्रतिशत हो । त्यस्तै सिन्धुपाल्चोक क्षेत्र […]

वादो काई कराँतेकोे बेल्ट प्रमोशन ग्रेडिङ सम्पन्न, ३२ खेलाडीले पाए नयाँ बेल्ट

मंसिर १३, मेलम्ची । वादो काई कराँतेकोे बेल्ट प्रमोशन ग्रेडिङ मार्फत ३२ खेलाडीले नयाँ बेल्ट पाएका छन् । नेपाल वादो काई कराँते संघ शाखा डोजो मेलम्चीद्वारा आयोजित बेल्ट प्रमोशन ग्रेडिङ्ग कार्यक्रम आज मेलम्ची–१२ स्थित जालपादेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख तथा नेपाल वादो काई कराँते संघका केन्द्रीय अध्यक्ष आइतमान तामाङ […]

एमाले सिन्धुपाल्चोकबाट १७ जना महाधिवेशन प्रतिनिधि छान्न ७४ जनाको उम्मेदवारी (को–को परे नामलिष्ट सहित)

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न बुधबार उम्मेदवारी दर्ता गरेको छ । सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि १७ जना मात्र सहभागी हुन पाउने भए पनि बुधबार ७४ जनाले उम्मेदवारी दर्ता गरेको एमाले सिन्धुपाल्चोकले जनाएको छ । सो पार्टीका अनुसार प्रतिनिधिसभा अन्तर्गत सिन्धुपाल्चोक–१ बाट खुला, महिला तथा ४० बर्ष मुनि गरी ९ […]